-ट्रम्प प्रशासनले मेक्सिको बोर्डर पुगेकाहरुलाई असाइलमको नयाँ नीति बनायो

ट्रम्प प्रशासनले मेक्सिको बोर्डर पुगेकाहरुलाई असाइलमको नयाँ नीति बनायो

Hollywood Khabar June 09,2020 Comments

हलिउडखबर/अमेरिका

ट्रम्प प्रशाशनले विभिन्न देशबाट यात्रा गर्दै मेक्सी र अमेरिकाको बोर्डर आइपुगेका रेफ्यूजीहरुलाइ असाइलम अपिल गर्ने नयाँ बिधि अपनाएको छ। होमल्याण्ड सेक्यूरिटी र जस्टिस डिपार्टमेन्टले ड्राफ्ट गरेको यो नयाँ नीतिले धेरैलाइ मानवीय सेवा पनि प्रदान गर्ने कुरा विश्वास लिइएको छ।

अब बोर्डरको मेक्सीको साइटमा रहेका ति व्यक्तिहरुको बसाइ र स्थिति भयाबह देखिएपछि ट्रम्प प्रशाशनले यो नयाँ नीति अपनएको कुरा बताएको छ। नयाँ नीति अनुसार अमेरिकामा असाइलम अपिल गर्न चाहनेहरुले अपिल गर्नेछन र अन्तर्वार्ता लिएपछि पास भएमा कोर्ट पठाइनेछ। त्यो अदालतको फैसला नआउने समय सम्म उनीहरु अमेरिका बस्न पाउने छन्।

CNN ले आफ्नो समाचारमा सो १६१ पृष्ठ लामो नयाँ नीति जुन १५, २०२० देखि सरकारी स्तरबाट सार्वजनिक गरिने कुरा जनाएको छ। नयाँ नीतिमा एक भन्दा धेरे देश हुँदै आएका असाइलम अपिल गर्न चाहनेहरुले अर्को देशमा रेफ्यूजी अपिल गरेको प्रमाण हुनुहुंदैन।