-राष्ट्रपति ट्रम्पको हठको कारण प्रजातन्त्रको गलत प्राक्टिस, रिपब्लिकन नेताहरु

राष्ट्रपति ट्रम्पको हठको कारण प्रजातन्त्रको गलत प्राक्टिस, रिपब्लिकन नेताहरु

Hollywood Khabar November 12,2020 Comments

अमेरिकी राष्ट्रपति निर्वाचन गत नोवेम्बर ३ मा सम्पन्न भयो। इतिहासमा नै यस्तो लकडाउन बीच पनि अत्याधिक मत खसेर सम्पन्न भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित भएता पनि परिणाम विवादित भएको छ। निर्वाचनपछि राष्ट्रपतिले बधाई दिएर, बोलाएर भेटघाट गर्नुपर्ने अनि आवश्यक सपोर्ट गर्ने चलन भएको छैन।

यति मात्र होइन निर्वाचत राष्ट्रपति बाइडेनलाइ प्रेसिडेन्सीयल ट्रान्जिसनको लागि दिनुपर्ने सम्पूर्ण बजेट, सूचना र अन्य कुराको काम भएको छैन। राष्ट्रपति ट्रम्पले आफ्नै रिपब्लिकन पार्टीका नेताहरुको कुरा पनि मानेका छैनन्। उनाका लिगल एडभाइजरहरुले थुप्रै ल सुट गरेका छन्। तर पनि बाइडेनले पछिल्लो परिणाम अनुसार २८० इलेक्ट्रोरल मत जितिसके जबकी राष्ट्रपति ट्रंपको २१७ मात्र छ। आवश्यक संख्या २७० हो।

यसका पछाडी अन्य कारण नभएता पनि केवल राष्ट्रपति ट्रम्पको हठपना र जिद्दी गर्ने, खोसेर लिने बानीका कारण यस्तो भएको कुरा स्वयं रिपब्लिकन पार्टीका नेताहरुले नै बताएका छन्। उनको यस्तो जिद्दीले प्रजातन्त्र नै धरापमा पर्छ भनेर स्वयं रिपब्लिकन नेता, पूर्व राष्ट्रपति बराक ओबामा, जर्ज बुस लगायतले भनिसकेका छन्। केहि रिपब्लिकन नेताहरुले मात्र साथ दिएका राष्ट्रपति ट्रम्पले कति दिन जिद्दी लिने हुन् त्यो भने हर्न बाँकी छ।

जर्जियामा मतदानको अडिड हुँदैछ। तर पनि १४/१५ हजारले जितेका बाइडेनलाइ त्यसको कुनै फरक पर्ने देखिंदैन। जे सुकै गरेता पनि यो पटक राष्ट्रपति ट्रम्पले जित्ने कुनै कारण पनि छैन, केवल उनको जिद्दी। यो कुरा सम्पूर्ण अमेरिकन बुझ्दछन केवल उनि बाहेक। पूर्वीय दर्शन अनुसार मुर्खको औषधी भनेको पर्खने हो। अब यहाँ पर्खने बाहेक केहि हुने छैन।