-राष्ट्रपति निर्वाचन: प्रोजेक्शन ४: बाइडेन २३८ र ट्रम्प २१३, राष्ट्रपति ट्रम्प सर्वोच्च जाने

राष्ट्रपति निर्वाचन: प्रोजेक्शन ४: बाइडेन २३८ र ट्रम्प २१३, राष्ट्रपति ट्रम्प सर्वोच्च जाने

Hollywood Khabar November 03,2020 Comments

कृष्ण के सी, अमेरिका/११/४/२०२०

अमेरिकाको नोवेम्बर ४, २०२० मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम प्राप्त हुन थालेका छन्।

राष्ट्रपति ट्रम्पले पूर्वीय समय सनुसार रातको २ बजे ब्रिफिङ्ग गर्दै मत गन्ने काम बन्द गर्नको लागि आफू सुप्रिम कोर्ट जाने बताए। तर हिजो राती नै उनका प्रतिस्पर्धी जो बाइडेनले भने, आफूहरुले राम्रो गरेको र अन्तिम भोटको गणना सम्म आफू प्रतिबद्ध रहने बताए।

निर्वाचनमा बिजयी हुन् ५३८ मध्ये २७० इलेक्ट्रोरल कलेज ल्याउनुपर्छ। यो पटक परिणामको अन्तिम नतिजा आउन केहि दिन लाग्ने अनुमान गरिएता पनि प्यासिफिक समय बिहान ६:०० बजे सम्म:

Fox News को प्रोजेक्शन अनुसार

१. राष्ट्रपति ट्रम्प: २१३

२. (पूर्व) उपराष्ट्रपति जो बाइडेन: २३८

CNN को प्रोजेक्शन अनुसार

१. राष्ट्रपति ट्रम्प: २१३

२. (पूर्व) उपराष्ट्रपति जो बाइडेन: २२४