राष्ट्रपति ट्रंप र भारतीय प्रधानमन्त्रि बीच फोनबार्तालाप

Hollywood Khabar January 24,2017 Comments

जनवरी २४, २०१७ मा अमेरिकी राष्ट्रपति डनल्ड जे ट्रंप र भारतीय प्रधानमंत्री नरेन्द्र मोदी बिच फोनबार्तालाप कुरा व्हाइट हाउसका प्रेस सेक्रेटरीले जानकारी दिनुभएको छ। फोनमा राष्ट्रपति ट्रंपले आगामी दिनमा बिशवस्तरको सुरक्षा चुनौती, आर्थिक-ब्यापारिक सम्भावनामा भारत र अमेरिका साझेदारी प्रगाढ रहने बिशवास रहेको कुरा बताउनु भयो।

सेन्ट्रल एसियाको सुरक्षा र आतंकतावाद बिरुद्धको लडाईमा भारतीय र अमेरिकी सैनिक सहकार्य जस्ता कुरामा पनि वार्तालाप भएको थियो।साथै राष्ट्रपति ट्रंपले भारतीय प्रधानमंत्री  नरेन्द्र मोदीको अमेरिका भ्रमण हुने कुराको पनि आशा ब्यक्त गर्नुभएको छ।