मन्त्री पद्मा कुमारी अर्याल

मन्त्री पद्मा अर्यालले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह

Hollywood Khabar May 18,2020 Comments

६ जेठ काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन्।उनले सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने तयारी भइरहेको भन्दै नक्सा सार्वजनिक नहुने समयसम्म पुरानाे नक्सा प्रयाेग नगर्न आग्रह गरेकी छिन्।

आदरणीय महानुभावहरु, नेपाल सरकार मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरे संगै नयाँ नक्सा सार्बजनिक गर्ने तयारीमा छौं, तसर्थ नक्सा सार्बजनिक नगर्दा सम्म धैर्य रहि सामाजिक संजालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।