६ फागुन काठमाण्डौ।मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ।यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो।आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तर को पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।
मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसम विद्ले बताएका छन्।सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको र तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले मङ्गलबार पनि तुवाँलो लागिरहने मौसमविद् पोखरेलले बताउनुभयो।
तुवाँलोसँगै हावामा धुलो,धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क (मुखावरण) लगाउन डाक्टरहरुले आग्रह गरेका छन्।बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...