https://www.youtube.com/embed/MHaevayJpJA

-नेपाली चलचित्र तुलसीको सिमसिम पानी सार्वजनिक

नेपाली चलचित्र तुलसीको सिमसिम पानी सार्वजनिक

Hollywood Khabar March 16,2019 Comments

बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापि प्रदर्शन हुन लागेको नेपाली चलचित्र तुलसीको सिमसिम पानी बोलको गीत यूट्युबमा सार्वजनिक गरिएको छ ।

बरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले भ्वाईस अफ वलिवुड ले स्वर दिएकी छिन भने बरिष्ठ संगीतकार रंजीत गजमेर संगीत भरेका छन ।

मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रा. लि.को ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने ऋचा घिमिरे एवं धम्पुस, कास्कीका स्थानीय बाल बालिकाहरुका साथमा छायाकन गरिएको यो गीत सबै उमेरका दर्शकहरुले चलचित्रको अघिल्लो गीत झैँ मन पराईदिने कुरामा चलचित्र निर्माण पक्ष विश्वस्त छ ।