-आफ्नै घरमा रोपिएको तुलसीको बिउ

जुन २१ सोमबार निर्जला एकादशी, तुलसीको बिउ रोप्ने दिन

Hollywood Khabar June 20,2021 Comments

हलिउडखबर, जुन २०, २०२१

पूर्वीय दर्शन अनुसार प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन पवित्र तुलसीको बिउ रोने गरिन्छ। यो बर्ष जुन २१, २०२१ सोमबार सो एकादशी परेकाले तुलसीको बिउ रोप्ने दिन हो।

तुलसीको फाइदा र महिमा आदिमकाल देखि नै हुँदै आएको छ। बिशेष गरि नेपाली संस्कृतिमा तुलसी प्रायगरी सबैजसो घरमा रोप्ने गरिन्छ र पुजा अनि तुलसीको बिबाह पनि गरिन्छ।

निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी जसलाई हरि शयनी एकादशी पनि भनिन्छ त्यस दिन मोठमा सारिन्छ। त्यपछि सो दिन देखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको दैनिक रुपमा विशेष पूजा गरिन्छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन बिउ राख्ने, आषाढ शुक्ल एकादशीमा मोठमा रोप्ने गरिन्छ। त्यसपछि दैनिक रुपमा आराधना र पुजा गरेर हुर्काएर कार्तिक शुक्ल एकादशीका दिने हुर्कीएकी तुलसीलाइ दामोदरसँग विवाह गराइदिने गरिन्छ।

यो जेष्ठ शुल्क एकादशी देखि कार्त्तिक शुल्क एकादशी सम्मको चार महिनालाई चतुर्मास भन्ने गरिन्छ। चतुर्मासमा स्नान, पुजा, धर्म र दान गर्नाले पुण्य कमाइने र आफ्ना मनोका इच्छाहरु पुराहुने विश्वास गरिन्छ।