-NRNA अमेरिका चुनाब:बोर्ड सदस्यका दुइ उम्मेद्वारहरु राजीव श्रेष्ठ रकेट साइनटिष्ट र सत्य नारायाण चौधरी मेडिकल साइनटिष्ट

NRNA अमेरिका चुनाब:३९ जनाको भिडमा छुट्नै नहुने बोर्ड सदस्यका दुइ साइनटिष्ट उम्मेद्वारहरुको नाम

Hollywood Khabar May 09,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा थुप्रै उम्मेद्वारहरु मैदानमा छन। निर्वाचन आयोगको अन्तिम लिष्टमा दिइए अनुसार १२ सिटको बोर्ड सदस्यमा ३९ जना ब्यक्तिहरु प्रतिस्पर्धी रहेका छन। त्यसमध्ये दुइजना भने उच्च स्तरका प्रबुद्ध व्यक्तिहरु पनि छन्।

३९ जनामा सबैको आ-आफ्नै जिकिर, क्षमता, अनुभव, इच्छा, पढाइ, मान-मर्यादा र चाहना होलान। नेपाली समाजमा उनीहरु सबैजनाको उत्तिकै महत्व होला, उत्तिकै मान, सम्मान र उच्च व्यक्तित्व पनि होला। त्यसैले पनि उनीहरु सबैजना यो निर्वाचनमा प्रतिस्पर्धा छन्।

हरेक पेशालाई हामीले सम्मान गर्नुपर्छ र गरिन्छ पनि। तर पनि समाजको नेतृत्व लिने व्यक्तिमा केहि थप व्यक्तित्व, पेशागत हैसियत, उनीहरुको बानी-बेहोरा जस्ता कुराले पनि ठूलो अर्थ राख्छ। त्यस्तो कुरा हेरिन्छ, मागिन्छ या भनौं अपेक्षा गरिन्छ। हाम्रा NRNs का नेताहरुलाई कुनै दिन डेलिगेट लिएर सिनेटर, कंग्रेसम्यान/ओम्यान, सेक्रेटरी, गभर्नर या यस्तै कुनै पनि उच्च व्यक्तित्वकोमा लैजानुपर्यो भने हाम्रो नेता भनेर चिनाउने हैसियत पनि हुनुपर्छ। अझै भनौं अमेरिकामा रहेका ३ देखि ५ लाख नेपालीहरुको नेता हो भन्ने हैसियतको हुनुपर्छ। उनीहरुमा कुनै न कुनै एक या धेरै बिज्ञता र बिशेषता हुनुपर्छ।

त्यस्ता विशिष्टहरुले Mr./Ms/Madam/Miss Nepali Community Leader what do you do for living ? भनेर सोधे भने हाम्रा नेताले दिने इज्जतदार र सानदार जवाफ चाइएको छ। त्यो जवाफमा डेलिगेट्सको ८०% भन्दा धेरै वजन रहेको हुन्छ। भेदभाव त कतै गरिन्न, गर्नु पनि हुँदैन, कानुनी रुपमा दण्डनिय छ। तर चासो र आवश्यक्ताताको बिषय भने पक्कै हुन्छ।

त्यसैले, म, तपाइहरुले खोजेको जस्तो उम्मेदवारहरुको नाम लिष्टबाट ३९ मध्ये दुइ विशिष्ट र उच्च बौद्धिक व्यक्तिहरु भनेर दिन सक्छु। एकजनाको नाम हो सत्य नारायाण चौधरी र अर्का व्यक्तिको नाम हो राजीव श्रेष्ठ। सायद यो पटक हरेक मतदाताले आफ्नो पिकलिष्टमा यी दुइ नाम छुटाउँदैनन होला। तपाइँको लिष्टमा छुटेको छ भने सच्च्याउने समय अझै पनि छ। राजीव श्रेष्ठ रकेट साइनटिष्ट हुन् भने सत्य नारायाण चौधरी मेडिकल साइनटिष्ट हुन्। यी दुवै प्रबुद्ध व्यक्तिहरुको परिचय हलिउडखबरले पहिला नै पोष्ट गरेको छ।

राजीव श्रेष्ठबारे थप जानकारी लिने तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/rocket-scientist-rajeevshrestha

सत्य नारायाण चौधरीबारे थप जानकारी लिने तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/satya-chaudhari-nccbodcandidate