६ माघ, काठमाडौं। वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका १०३ जना नेपालीको सन् २०१९ मा मृत्यु भएको छ। युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला छन् ।गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन् ।१ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छ । यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ।युएईमा सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।
सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।कार्यस्थलको तनावका ,तापक्रम, हृदयघात, मादकपदार्थ सेवन,पारिवारिक विचलन लगायत कारणले नेपालीको ज्यान गइरहेको दूतावासले जनाएको छ ।युएईमा करिव २ लाख ५० हजार नेपाली कार्यरत छन् ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता