-युकिराअको समर पिकनिक तथा नव निर्वाचितहरुलाई प्रमाण पत्र वितरण

युकिराअको समर पिकनिक तथा नव निर्वाचितहरुलाई प्रमाण पत्र वितरण

Hollywood Khabar September 09,2019 Comments

सुरेश चाम्लिङ्ग/न्युहेम्प्शायर/९/१०/१९

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युइङल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्शयारमा समर पिकनिक सम्पन्न भएको छ।

न्यु हेम्प्शयार राज्यको नोट्टिङ्घम सिटीको पाउटुकेट्स पार्कमा भएको पिकनिक कार्यक्रममा बेलायत र नेपालबाट अमेरिका आएका नवान्तुकहरुलाई स्वागत समेत गरिएको थियो। सोहि कार्यक्रममा च्याप्टरको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो। बोस्टन, न्यु हेम्प्शायर कनेक्टिकेट र रोड आइल्याण्डबाट समेत नेपालीहरु सहभागी भएका थियो।