-युनाइटेड किराँत राई अर्गनाइजेसन अमेरिका क्यालिफोर्नियाको पहलमा छ लाख आठ हजार सहयोग संकलन

युनाइटेड किराँत राई अर्गनाइजेसन अमेरिका क्यालिफोर्नियाको पहलमा छ लाख आठ हजार सहयोग संकलन

Hollywood Khabar October 22,2020 Comments

**युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाबाट प्राप्त खबर

युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका क्यालिफोर्निया च्याप्टरको सभापति जोरबिर राईको पहलमा छ लाख आठ हजार सहयोग संकलन भएको छ। जुन सहयोगको लागी जनजाति महासंघ क्यालिफोर्नियाको सभापति देव किराँत राई, किलन राई र टक्सन राईहरूले विशेष सहयोग गर्नु भएको थियो।

यसैगरी न्यूयोर्कमा हुनु भएको समाज सेवी हेम थापाले पनि नेपाली २३,४०० बराबरको सहयोग गर्नु भएको छ। सहयोग संकलन अमेरिकाका विभिन्न राज्यमा रहनु भएका आदरणिय नेपाली दाजुभाई दिदीबहिनीहरु बाट भएको हो। सहयोग रकम न्युयोर्कबाट केशव राम राईले समाज सेवी भोलामणि हार्तम्छाली राईलाई छ लाख आठ हजार अक्टोबर १८, २०२० मा पठाउनु भएको थियो। सो रकम संकलन गर्नका लागी सुसाना लामा राईले "Go Fund" तयार गरेर सहयोग गर्नु भएको थियो भने राम खनाल, दुर्गा राई, समाज सेवी सोना शेर्पाले सबैलाई सहयोगको लागि आव्हान् गर्नु भएको थियो । सहयोगको क्रममा न्यूयोर्क स्थित लामा एकाउन्टिङ्गका मालिक नामगेल लामाले टिका राम राईलाई १,२५,०००-/ सहयोग गर्नु भएको छ।

टिका राम राई, दुवै मिर्गौला पिडित, हाल नखीपोट-१४ ललितपुरमा डेरा गरी बसेर उपचार गर्दै बस्नु भएको छ । उहाँ भोजपुर जिल्ला टेम्कैमैयुङ गाउँपालिकाका हुनुहुन्छ। समाज सेवी नामगेल लामाले टिका राम राईलाई मात्र नभएर अन्य विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ भने अमेरिकामा रहेका धेरै संगठनहरूलाई सहयोग गर्नु हुनेमा लामाको पहिचान छ। यसैगरी सबैको सहयोगमा उठेको रकम 480000.00-/ कमला राईलाई हस्तान्तरण गरिएको छ । जुन सहयोग संकलन गर्नुको लागि समाज सेवी सीमा राईले पहल गर्नु भएको हो। UKROA क्यालिफोर्निया च्याप्टरको सभापति जोर विर राईले किराँतराई यायोक्खा नेपालको केन्द्रीय समितिले कमला राईलाई रू १० हजार सहयोग गर्नु भएकोमा बिशेष धन्यवाद दिनु भएको छ।

किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतले किराँत राई यायोक्खाको कार्यालय काठमाडौंमा सहयोग संकलन रकम हस्तान्तरण गर्नु भयो।सहयोग संकलनको लागि नेपालबाट सीमा राईले किराँत राई यायोक्खा मार्फत विभिन्न देशमा अनुरोध गर्नु भएको थियो जसमा वर्तमान किराँत राई यायोक्खाको केन्द्रीय महासचिव जनक राईले विशेष सहयोग गर्नु भएको समाज सेवी सीमा राईले भन्नु भयो र विभिन्न देशबाट कमला राईलाई सहयोग भएको जानकारी गराउनु भयो भने टिका राम राईले २ बर्ष उपचार गर्दा पहिलो पटक १,२५,०००-/ सहयोग पाएकोमा टिका राम राईका श्रीमतीले लामा एकाउन्टिङ्ग न्यूयोर्कको मालिक नामगेल लामालाई धन्यवाद ज्ञापन गर्नु भयो।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली सहकारी तथा बचतको अध्यक्ष समाज सेवी भोलामणि हार्तम्छाली राईको प्रतिनिधि दिपेश मगर तथा साकेला गाउँ पालिका वार्ड नम्बर ०२ को श्रीमती मन्जु राई, रोमन फुयाँल, गायक अग्नि राई, वरिष्ट समाज सेवी समाजिक अभियन्ता सीमा राई, रिदम अनलाइन टि•यु• का संचालक सम्पदा लिम्बु र उहाँको सहयोगी ऋतु राज लिम्बु र टिका राईका श्रीमती र छोराको उपस्थिति थियो।