-नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर

उप प्रमुख उमा मगर सातौं एशिया प्रशान्त अर्वन फोरममा भाग लिन मलेसिया प्रस्थान 

Hollywood Khabar October 12,2019 Comments

२६ असोज,काठमाडौं।नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर सातौं एशिया प्रशान्त अर्वन फोरममा भाग लिन आज मलेसिया तर्फ प्रस्थान गर्नुभएको छ ।मलेसियाको पेनगं सहरमा अक्टुबर १४ देखि १७ सम्म आयोजना हुने सातौं एशिया प्रशान्त अर्वन फोरममा नेपालको तर्फवाट भाग लिनको लागि त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।

एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूको दिगो भविष्य प्राप्त गर्न र कार्यन्वयनको गतिलाई जोड दिने उद्देश्यले सो कार्यक्रम को आयोजना गरिएको हो ।एशिया प्रशान्त अर्वन फोरम आयोजना भएदेखि प्रत्येक ५र५  वर्षमा हुने यस फोरम शहरी सरोकारवालाहरूको सवै भन्दा ठुलो क्षेत्रीय भेला हुने छ ।

भेलाले भविष्यको शहर रिपोर्ट चार प्रमुख विकास चुनौतिहरू प्राकृतिक स्रोत ब्यवस्थापन, जलवायु परिवर्तन, प्रकोप जोखिम र बढ्दो असमानताको लागि चार वटा महत्व विषयमा  केन्द्रित रहेर छलफल गर्ने छ।कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका जनप्रतिनिधि,कर्मचारी, नागरिक समाज र संघ संस्थाका करिव ४ हजार भन्दा वढिको सहभागिता रहने छ भने नेपाल वाट यस कार्यक्रममा भाग लिन उप प्रमुख उमा थापा सहित १६ जनाले भाग लिने छन् ।