Hollywoodkhabar advertisement

कोभिड १९ बिरुद्ध खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर भएको छ, राज्यमन्त्री श्रेष्ठ

-कोभिड १९ बिरुद्ध खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर भएको छ, राज्यमन्त्री श्रेष्ठ

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने कुरा सम्पन्न गर्नको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर भएको कुरा बताएका छन्।

जुलाई २६, २०२१ सोमबारे प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउन अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताए। यसका लागि जुलाई २५, २०२१ आइतबार एडिबी र विश्व बैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरेको पनि जानकारी दिएका छन्।

पहिलो प्राथमिकता भनेको नेपाली नारीकहरुको कम्तिमा पनि ६० प्रतिशत सम्मलाइ खोप लगाउन सकियो भने राम्रो स्थिति सहज हुन्छ। खोप ल्याउन भर्खरै मैले एडिबी र विश्व बैंकबाट सर्टेन ऋण लिने भनेर एउटा साइन गरेको छु। त्यसको अलावा हामीले किनेर, अनुदानमा ल्याउँ चाँडोभन्दा चाँडो खोप ल्याएर खोपको व्यवस्थापन गर्नु जरुरी छ, राज्यमन्त्री श्रेष्ठले बताए।

यस बिषयमा नागरिक न्यूजले अगाडी लेखेको छ, मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिएको, कोभिड विरुद्धको खोप लगाएको प्रमाणित गर्न धेरै भिड भएको भन्दै उनले सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिनेगरी व्यवस्था मिलाउने। फ्रन्टलाइनमा काम गर्ने, सवारी चालक, सहचालकदेखि शिक्षकहरुलाई खोपको उपलब्धता गराउने पनि उनले बताए।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----