-भदौ २७-२८ मा एमाले बिधान महाधिवेशन हुने

भदौ २७-२८ मा एमाले बिधान महाधिवेशन हुने

Hollywood Khabar July 31,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको बिधान महाधिवेशन आगामी भदौ २७ र २८ मा प्रस्ताव गर्ने निर्णय गरेको छ। अगष्ट १, २०२१ मा बसेको स्थायी कमिटीको बैठकले काठमाडौंमा पार्टीको सो महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेको हो।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

यसैगरी सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको कुरा नागरिक न्यूजले उल्लेख गरेको छ। सो प्रस्ताव केन्द्रीय कमिटीको आगामी हप्ता बस्ने बैठकमा लैजाने बताएको छ।

असोजको पहिलो हप्ता देशका सबै वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।