-गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

Hollywood Khabar September 24,2021 Comments

सेप्टेम्बर २५, २०२१

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा सम्मेलन आगामी अक्टुवर २३-२५, २०२१ मा हुने भएको छ। यससंगै संघको निर्वाचन समितिले अक्टुवर २०, २०२१ मा नयाँ नेतृत्वको लागि अनलाइन भोटिङ्ग गर्ने मिति तोकिसकेको छ। यो पटक अनलाइनमा मत गरेर नेतृत्व चयन गर्न संघ तयारीमा जुटेको छ।

यसैबच महाशिवेशन प्रतिनिधिको विवाद मिलाउन संघले संरक्षकहरुलाइ दिएको छ। यसै क्रममा अध्यक्षका लागी आकांक्षी रहेका वर्तमान सल्लाहकार तथा पुर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्न सभाको आयोजना गरेका छन्।

घोषणा सभा यहि सेप्टेम्बर २६, २०२१ (असोज १०) आइतबार होटल याक एण्ड यति दरबारमार्ग काठमाण्डौमा दिनको १:०० बजे हुने भएको छ।

अध्यक्षका आकांक्षीहरु मध्येका एक कुल आचार्यको पुर्खौली थलो नेपालको पश्चिम पर्वत जिल्ला हो। आफूलाई धवलागिरी क्षेत्रको भनेर चिनाउन रुचाउने आचार्यको गैरआवासीय नेपाली संघमा लामो संलग्नता रहेको छ।

संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष सम्म भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए।

आचार्यले आफ्नो चुनावी प्रचार एकदम तिब्र गतिमा अगाडी बढाएका छन्। चुनावी कुरालाई लिएर नै उनि नेपाल पुगेका छन्। काठमाण्डौमा नै उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा सभाको आयोजना गरेका हुन्। यो पटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाइ उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने उनको योजना रहेको छ। उनीहरु मध्ये धेरैजनाले कुल आचार्यलाइ समर्थन गर्दै आफ्नो उम्मेद्वारी घोषणा गर्ने कुरा बुझिएको छ।

वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष रहेका कुल आचार्यको होमकन्ट्री भने बेलायत हो। उसो त उनका ब्यबसाय युरोपका अन्य देशमा पनि छन्। बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, योरोप क्षेत्रको क्षेत्रीय संयोजक, केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका आचार्य यो पटक पुरै तयारीका साथ आएका छन्।

घोषणा सभा जुम र उपस्थित भएका दुवैथरीको लागि ब्यबस्था गरिएको छ। खासगरी अध्यक्षका उम्मेदवार कुल आचार्य र उनलाई सघाउने, समर्थन गर्ने व्यक्तिहरुका साथै उनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्ने उम्मेदवारहरु पनि उपस्थित हुने भएका छन्।

यसका साथै संचारकर्मी तथा पत्रकार र संपादकहरुलाई बिशेष निमन्त्रणा गरीएको छ:

श्री सम्पादक/समाचार प्रमुखज्यू

विषय: पत्रकार सम्मेलनमा उपस्थित भईदिने बारे ।

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यको घोषणा कार्यक्रममा यहाँको सँस्थाबाट समाचार प्रतिनिधी पठाई समाचार संकलन तथा सम्प्रेषणको प्रवन्ध मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

मिति: २६ सेप्टेम्बर २०२१ ( असोज १० गते, २०७८ ) आईतबार

समय: दिउंसो १ बजे

स्थान: होटेल याक एण्ड यति, दरबारमार्ग, काठमाडौँ

प्रार्थी,

व्यवस्थापन तथा प्रचार प्रसार समिति २०२१

संबन्धित थप चमाचार

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर