UNA सम्मेलनबारे अध्यक्ष पासांग लामा

Hollywood Khabar April 24,2017 Comments

नमस्कार, 

युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन अब जम्मा एक महिना मात्र बाँकी छ। यो सम्मेलनलाइ सभ्य र भब्य बनाउन हामी अहोरात्र काम गरिरहेका छौं। बिशेष गरी हाम्रो टीममा रहेका युवाहरुको कारण यस अभियानमा अथाह उर्जा छ । जति हामी अघि बढ्दै छौं, त्यति बढी उर्जा थपिएको छ । युबाहरुको वृद्धि बिकासमा समर्पित युएनए युबाहरु कै उर्जाले हरेक दिन बलियो बन्दै गएको छ। हामी यसमा गर्ब गर्छौं । 

त्यहि युबाहरुको सक्रियताको कारण डालस र अमेरिका कै नेपाली समाजमा युएनए ले अलग्गै स्थान बनाउदै लगेको छ । खेलाडीहरुमा हौसला पलाएको छ र युबाहरुमा भबिस्य प्रतिको आशा बलियो बनेको छ । व्यक्तिगत रुपमा र संस्थागत रुपमा युएनएमा संलग्न हुन चाहनेहरुको बढोत्तरी त्यसैको परिणाम हो । 

हामीले शुरु देखि नै जोड दिएको कुरा के हो भने यसमा कसैको अन्तर्निहित उद्देश्य र स्वार्थ छैन । आफ्नो आफ्नो राम्रो वा नराम्रो कामको परिणाम स्वरुप हुने लाभ वा हानी बाहेक कसैले व्यक्तिगत लाभ वा हानी व्यहोर्नु पर्ने अवस्था यहाँ छैन । आर्थिक उपार्जन हाम्रो उद्देस्य होइन । कतिपय परिस्थितिमा खर्च चलाउन र कार्यक्रमको गुणस्तर राम्रो बनाउन पैसा लिन जरुरी भए पनि त्यो रकम न्युनतम तोकिएको छ । खेलकुदको लागि टीम दर्ता प्रक्रिया शुरु भैसकेको छ । सांस्कृतिक कार्यक्रमको लागि र अन्य कार्यक्रमहरुको प्रारम्भिक कार्यतालिका समेत सार्बजनिक भैसकेको छ । तालिका प्रकाशन संगै सबैमा थप उत्साह थपिएको मैले महशुश गरेको छु । 

यो सम्मेलन हाम्रो अभियानको एक सानो तर अभिन्न भाग हो । यसमा संयोजकको रुपमा सक्रियतापुर्बक लाग्ने वा अन्य तरिकाले सम्मेलन सफल पार्नको सहयोग गरिरहेका व्यक्ति र संस्थाहरुलाई  सबैलाई धन्यवाद दिन चाहन्छु ।  नेपाली युवाको अमेरिकी समाजमा सम्मानजनक स्थान दिलाउने सबालमा हाम्रो सबै सहयोगी हुनुहुन्छ भन्नेमा हामी बिस्वस्त छौं । हाम्रो कुनै संस्थाहरुसंग प्रतिस्पर्धा र बैरभाव छैन । हामी नेपाली युबाहरुलाई फाइदा पुर्याउन चाहने व्यक्ति होस् वा संस्था होस् सबै संग मिलेर काम गर्न चाहन्छौ । यसमा राजनीतिक रोग छैन र भबिस्यमा नहोस भन्नेमा हामी सचेत छौं । 

त्यसैले आउनुहोस, सबैले डालसमा हुन लागेको यो सम्मेलन सफल पारौं । व्यक्तिगत रुपमा आफुलाई रजिस्टर गरेर, खेलमा टीम संलग्न गराएर, आफ्ना बालबालिकाहरुलाई सहभागी गराएर, कार्यक्रमको प्रायोजन गरेर र अन्य तरिकाले यसमा सहयोग गर्न सकिन्छ । ३ दिनको सम्पूर्ण कार्यक्रमको $१०० शुल्क निर्धारण गरिएको छ । डालस नजिक कोपेल शहरमा अबस्थित फोर पोइण्ट्स बाइ शेराटनमा सपरिवार आएर मनोरंजन लिनुको साथै आफ्ना बालबालिकालाई नेपालको झल्को दिने अवसरको समेत उपयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु । यसको बारेमा अन्य जानकारीको लागि युएनए को आधिकारिक वेबसाइट (www .unaconvention.org ) मा जानुहुन अनुरोध गर्दछु । सम्पर्कको लागि समेत त्यहीं बाट सूचना लिन सक्नु हुनेछ । फेरी पनि सबैलाई सहयोगको आग्रह र मे अन्तिम साता अर्थात् २६ गते सुक्रबार सम्मेलनमा सहभागी हुन हृदय देखि नै अनुरोध गर्न चाहन्छु। धन्यवाद । 

पासांग लामा 

अध्यक्ष 

युनाइटेड नेपालीज एसोसिएसन