काकाबाटै बलात्कृत भइन् भतिजी

Hollywood Khabar August 28,2018 Comments

१४ भाद्र नेपालगन्ज।कोहलपुर नगरपालिका– ३ मैटहवामा ५ वर्षीया मुस्लिम समुदायकी एक बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन्।१९ वर्षीय हरुण खानले गत मंगलबार दाजुकी छोरीलाई बलात्कार गरेका हुन। 

भारतको उत्तर प्रदेश राज्यस्थित भिङ्गी रहेली घर भइ मैटहवामा चौधरीका घरका टहरामा बसेर तन्ना र कपडा बेच्ने ती दाजुभाइ परिवारसहित बस्थे।बाबुआमा घरमा नभएको मौकामा खानले दिउँसो तीन बजेतिर भतिजीलाई बलात्कार गरेका थिए। 

‘घटनाको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेको छ’, इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहका अनुसार, प्रहरीको टोली पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो।उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाएको छ।’ प्रहरीले बुधबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरेको छ।