-उपराष्ट्रपति नन्दबहादुर पुन

संविधान कार्यान्वयनमा जुट्न उपराष्ट्रपति पुनको आग्रह

Hollywood Khabar September 18,2019 Comments

३ ,काठमाडौं।उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनमा जुट्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन्।संविधान दिवस, ०७६ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनलेनेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकताको सुदृढीकरणका लागि संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताएका हुन्।

उपराष्ट्रपति पुनले जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने भन्दै उपराष्ट्रपति न पुनले यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने  बताएका छन् ।