तस्बिर साभार वेब

उपकुलपतिको ज्यादतीको विरोधमा डाक्टरहरुको सामूहिक राजीनामा

Hollywood Khabar August 21,2019 Comments

६भाद्र,दाङ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीले डाक्टरहरु माथी ज्यादती गर्न थालेपछि बिहीबार त्यहाँ कार्यरत सर्वै डाक्टरहरुले सामूहिक राजिनामा दिएका छन्। पटक पटक विवादमा तानिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सरकारी दरबन्दीमा रहेका डाक्टरलाई अनेकन दबाव दिन थालेपछि बिहीबार अवेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती संगीता भण्डारीलाई पत्र पठाउँदै सामूहिक राजिनामा दिएका हुन्। 

उनीहरुले दिएको सामूहिक राजिनामामा भनिएको छ ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पुर्ण चिकित्सक माथि बारम्वार विभिन्न अनुचितत बहानामा स्पष्टिकरण, बर्खास्तीको धम्की लगायत मनोवल खस्काउने खालका दवावहरु स्वयम तपाई उपकुलपतिले दिएका कारण हामी शारिरीक र मानसिक रुपमा विछिप्त भई काम गर्न नसक्ने स्थितिमा छौं  हालै केही चिकित्सकलाई अनावश्यक लान्छना लगाई बर्खास्त गर्न खोजेको दुष्प्रयासप्रति हामी सम्पुर्ण चिकित्सकको आपत्ती रहेको छ। उपकुलपति समक्ष पटक पटक वातावरण बनाइदिन आग्रह गर्दा पनि सो कुराको सुनुवाई  नगरी चरम मानसिक पीडाको स्थिति सृजना भएका कारण हामी आज उप्ररान्त कुनै पनि किसिमको काम गर्न नसक्ने स्थिति भएको जानकारी गराउँछौं  राजीनामा पत्रमा भनिएको छ। 

यसरी दिइएको राजीनामाको बोधार्थ कुलपतिको कार्यालय, सह कुलपतीको कार्यालय, नेपाल मेडिकल एशोसियसन, नेपाल मेडिकल काउन्सील र जिल्ला प्रशासन कार्यालयमा दिइएको छ। यसरी राजीनामा दिने चिकित्सकहरुमा फिजिसियन डा जितनारायण यादव लगायत २५ जना छन। बिहीबार मात्रै  प्रतिष्ठानले सरकारी डाक्टरलाई आफ्नो कानुन र ऐन अनुसार काम गर्न भन्दै चेतावनी दिएको थियो।