-नोवेम्बर ३, राष्ट्रिय निर्वाचनको दिन, मतदान केन्द्र खुल्ला, ९२ मिलियनले अर्ली भोटिङ्ग गरे

नोवेम्बर ३, राष्ट्रिय निर्वाचनको दिन, मतदान केन्द्र खुल्ला, ९२ मिलियनले अर्ली भोटिङ्ग गरे

Hollywood Khabar November 02,2020 Comments

आज नोवेम्बर ३, २०२० अमेरिकाको राष्ट्रिय निर्वाचनको दिन हो। मतदानका लागि केन्द्रहरु खुल्ला भएका छन्। उसो त एबसेण्टी ब्यालेट र मतदान केन्द्रमा सेमत गरेर ९२ मिलियनले अर्ली भोटिङ्ग गरिसकेका छन्। आज भने मतदानको अन्तिम दिन हो।

यो निर्वाचनबात राष्ट्रपति, केहि सिनेटर र राज्य, सिटी, एजेन्सीहरुका थुप्रै पद, कानुन र अन्य थुप्रै कुराहरुको मतदानबाट टुङ्गो लाग्ने छ। मतदानको परिणाम राष्ट्रपतिको लागि सामन्यतया निर्वाचनकै दिन राती अबेर सम्म प्राप्त हुने भएता पनि यो पटक केहि ढिला हुने अनुमान छ।

राष्ट्रपतिको लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपतिमा निर्वाचित हुनको लागि ५३८ इलेक्ट्रोरल कलेजमा २७० मत ल्याउनुपर्छ। अहिले सम्म बाइडेनले लिड गरेको पुलले देखाएका छन्। तर पनि चुनावी प्रतिस्पर्धा भने कडा भएको देखिएको छ।