-सुरक्षाका कारण जनवरी १९ र २० मा इमिग्रेशन फिल्ड अफिसका केहि सेवा बन्द

सुरक्षाका कारण जनवरी १९ र २० मा इमिग्रेशन फिल्ड अफिसका केहि सेवा बन्द

Hollywood Khabar January 15,2021 Comments

हलिउडखबर, अमेरिका/१/१५/२१

राष्ट्रपति निर्वाचित जो बाइडेनको सफत ग्रहण तथा व्हाइट हाउस प्रवेस समारोह बिशेष सुरक्षा सहित जनवरी २०, २०२१ मा हुँदैछ।

सो समारोहलाइ सुरक्षा चुनौती भएसँगै २० हाजर भन्दा धेरै नेशनल गार्डको सुरक्षा सहित डिसी मेट्रो क्षेत्र र व्हाइट हाउसक आसपास सुरक्षा प्रदान गरिएको छ। यस बाहेक अमेरिकाका ५० वटै राज्यका सदरमुकाम र संघिय सेवाका भवनहरुमा समेत सुरक्षा चुनौती आएको कुरा एफबिआइले जानकारी दिएको छ।

यसै कारण अमेरिकी अध्यागन बिभाग (USCIS) का केहि फिल्ड अफिसका केहि सेवाहरु २ दिनका लागि बन्द गरिएको कुरा जनाइएको छ।

U.S. Citizenship and Immigration Services (USCIS) ले जनवरी १५, २०२१ मा जारी गरेको सूचना अनुसार जनवरी १९ र २०, २०२१ मा फिल्ड अफिसका निवेदक उपस्थित हुनुपर्ने केहि सेवाहरु अस्थाई रुपमा सस्पेण्ड गरेको जनाएको छ।

खासगरी फिल्ड अफिसका असाइलम र एप्लिकेशन सपोर्ट सेन्टरमा कामदार र निवेदक दुवैको सुरक्षालाइ मध्यनजर गर्दै सो दिन सेवा सस्पेण्ड गरेको जनाइएको छ। सो दिनका निर्धारित सेवाहरु पुन:लिनको लागि USCIS ले अर्को दिनको अर्को समयमा दिने भएको छ। USCIS ले सो को जानकारी निवेदकहरुलाई पठाउने जनाएको छ। सो दिनमा सेवा सेन्टर भने अन्य अनलाइन सेवा, केस स्टाटस र सम्पर्कको लागि खुल्ला रहने जनाइएको छ।