अमेरिकि अध्यागमनका  नयाँ निति बारेमा नेपाली समुदायमा छलफल

Hollywood Khabar April 15,2017 Comments

अमेरिका अप्रिल १६

युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकाको अध्यागमन नितिमा भएका पछिल्ला फेरबदल र यस्ले नेपाली समुदायमा पारेको प्रभाव्, असर एवं सम्भावना का विषयमा संबन्धित क्षेत्रका बिज्ञहरुको छलफल कार्यक्रमको आयोजना गर्‍यो।

अमेरिकाको अध्यागमन कानूनका संबन्धमा वकिल द्वय खगेन्द्र जी सी र बिनोद रोकाले प्रकाश पार्नु भएको थियो भने बिभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो। यसै गरी समाज शास्त्रका प्रोफेसर डा राजन पन्त ले राष्ट्रपती डोनाल्ड ट्रम्प आए पछी को र बिगत को अध्यागमन संबन्धी अमेरिकि प्रबृत्तिका सम्बन्धमा बोल्नु भएको थियो।

कार्यक्रममा युएस नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा आमोद पोख्रेलले संस्था र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने संस्थाका कार्यकारी अधिकृत एवं सदस्य सचिव डा अर्जुन बन्जाडेले  स्वागत मन्तब्य राख्नु  भएको थियो। छलफल को  संचालन तरुण पौडेलले गर्नु भएको थियो भने बाल्टिमोर नेपालिजले फेसबुक मार्फत प्रत्यक्ष्य प्रशारण गरेको थियो।