Flags at white house, Picture from Google

अमेरिकाको लागि बलिदान भएका बिरहरुको सम्झनामा मनाइने मेमोरियल डे

Hollywood Khabar May 28,2017 Comments

कृष्ण के सी, अमेरिका, मे २७, २०१९

अमेरिकाको लागि आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण बिरहरुको सम्झना गर्न हरेक बर्ष मे महिनाको अन्तिम सोमबार मेमोरियल डे मनाइने गरिन्छ।

खासगरी Civil War को बेला सहादत प्राप्त गर्ने व्यक्तिहरुको स्मरणमा सुरु गरिएको मेमोरियल डे को आफ्नै इतिहास र महत्व छ। उसो त Civil War को इतिहास र सहादतको छुट्टै पढाइ नै हुने अवस्थामा सानो सम्पादकीय खाले लेखमा कति अटाउला भन्ने कुरा एकातिर छ।

आफ्नो देशको लागि आफ्नो ज्यान गुमाउनेहरुको मूल्य र स्थान कति हुने त्यो कुनै पनि देशले ब्याख्या गर्न सक्दैन। तर हरेक देशले आफ्नै खाले तरिकाले यस्ता दिन मनाउने गर्छन। नेपालमा सहिद दिवस भने जस्तै अमेरिकाले यसलाई मेमोरियल डे भनेर वर्षको एक दिन मनाउने गरेको छ।

ब्याङ्क होलिडे अर्थात सार्वजनिक छुट्टी हुने यो दिन सहादत गर्नेहरुको सम्झना गर्ने गरिएको छ। सोमबार पर्ने मेमोरियल डे अमेरिकीहरुको छुट्टीको लागि प्लान त हुन्छ नै। तर आजकल यो दिनबाट समरको आगमन सुरुहुने मानिएकोले घरका ब्याकयार्ड देखि पार्कहरुमा BBQ गरेर मनाउने पनि गरिएको छ।

अमेरिकी स्वतन्त्रता संघ्राम देखि पछिल्लो समयसम्म अमेरिकाको लागि ज्यान गुमाउनुहुने सम्पूर्ण अमेरिकी र विश्वभरिका नागरिकहरुको लागी हलिउडखबर टीम हार्दिक सम्मान गर्दछ!

 

मे महिनाको अन्तिम सोमबार, अमेरिकी मेमोरियल डे