-अमेरीकामा नेपाली कलाकारहरुको अधिवेशन, अध्यक्षमा निसा सुनार निर्विरोध निर्वाचित

अमेरीकामा नेपाली कलाकारहरुको अधिवेशन, अध्यक्षमा निसा सुनार निर्विरोध निर्वाचित

Hollywood Khabar September 07,2021 Comments

उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ।

न्युयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनिनिर्विरोध चयन गरेको छ। न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन्। यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ।

१७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन्। ३ जनाको निर्वाचनसमिति रहेको निर्वाचन समितीमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, तमु परीवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए।

निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन रफिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोकचेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए। सोहि अवशरमा नब निर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको शपथ ग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई, उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर,उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितीको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ , बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन्। अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवी साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो।