-अमेरिकी सहायोग लिएर USAID को एउटा जहाज नेपाल पुग्यो

अमेरिकी सहायोग लिएर USAID को एउटा जहाज नेपाल पुग्यो

Hollywood Khabar May 21,2021 Comments

हलिउडखबर, मे २२, २०२१

कोभिड १९ को महामारीमा सहयोग गर्न US Agency for International Development-USAID ले अमेरिकी सहयोगको लिएर गएको जहाज नेपाल पुगेको जनाएको छ।

अमेरिकाले नेपालको लागि आवश्यक परेको बेला हरेक पटक सहयोग गरेको छ। अमेरिकामा राष्ट्रपति या सरकार कुन पार्टी र कसको छ त्यो ठुलो कुराले कुनै फरक परेको छिन। जहिले पनि अमेरिकाले नेपाललाइ सहयोग गरेको इतिहास छ।

नेपालमा संयुक्त राज्य अमेरिका र नेपाल बीचको सम्बन्ध १९५१ मा हस्ताक्षर गरिएको सहयोग सम्झौताबाट सुरु भएको थियो। त्यो समय देखि US Agency for International Development-USAID फार्फत अमेरिकीले नेपालको लागि सहयोग गर्दै आएको छ। यतिमात्र होइन अमेरिकाले नेपालको प्रजातन्त्र, जनजीवन, स्वास्थ्य, शिक्षा, संकटकाल, प्रकोप, भुकम्पबाट भएको क्षतीको पुनर्निर्माण जस्ता दर्जनौ र सयौं सहयोग गर्दै आएको छ।

USAID ले यसबारे भनेको छ:

From the American People: The first of several flights with emergency aid from USAID-US Agency for International Development have started arriving in Nepal. These health supplies will help protect health care workers and battle the recent surge in COVID19 cases in the country.

यो सहयोगको लागि नेपाली मुलबाट मेरिल्याण्ड राज्यको बिधानसभा सदस्य निर्वाचित ह्यारी भण्डारीले अमेरिकी सहायोग प्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले युएसएआईडीको मिसन शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक बन्ने नेपालको प्रयासलाई निरन्तर समर्थन गर्नु रहेको छ समेत उल्लेख गरेका छन्।