-अमेरिकी इमिग्रेशनको सेवाको मेडिकल परिक्षणमा कोभिड भ्याक्शिन अनिवार्य

अमेरिकी इमिग्रेशनको सेवाको मेडिकल परिक्षणमा कोभिड भ्याक्शिन अनिवार्य

Hollywood Khabar September 14,2021 Comments

अमेरिकी अध्यागमन बिभाग U.S. Citizenship and Immigration Services (USCIS) ले सेप्टेम्बर १४, २०२१ मा एक सूचना जारी गर्दै इमिग्रेशन सर्भिसका लागि गरिने मेडिकल परिक्षणमा अक्टुवर १, २०२१ देखि कोभिड १९ भ्याक्शिन अनिबार्य हुने कुरा जनाएको छ।

अक्टुवर १, २०२१ देखि लागु हुनेगरी इमिग्रेशन सेवाको लागि सिभिल सर्जनले गर्ने निवेदकहरुको मेडिकल परिक्षण (Form I-693) को सुरु गर्नु पहिला निवेदकले कोभिड १९ को भ्याक्शिन पुरा डोज लगाएको हुनुपर्ने मापदण्ड थप गरेको छ। सर्जनको मेडिकल रिपोर्टका साथमा कोभिड १९ को फुल डोज भ्याक्शिन लगाएको समेत परिक्षण/रेकर्ड प्रमाणित गरेको हुनुपर्ने छ।

USCIS ले अगष्ट १७ मा अमेरिकाको Centers for Disease Control (CDC) को गाइडलाइन अनुसार सो फर्म पुरा गर्न सिभिल सर्जनको लागि प्राबिधिक निर्देशन समेत अपडेट गरको जनाएको छ। निवेदकले आफ्नो मेडिकल परिक्षण गर्नुपूर्व आफूले लिएको कोभिड १९ को पुरा डोजको रेकर्डको प्रमाण सिभिल सर्जन समक्ष पेश गर्नु पर्नेछ। यस्तो नियम Forms I-693 भर्ने सिभिल सर्जनले अक्टुवर १, २०२१ देखि या त्यसपछि पनि अनिबार्य रुपमा गर्नु पर्नेछ।

अमेरिकाको लागि ग्रिनकार्ड या अन्य सेवामा मेडिकल परिक्षण आवश्यक पर्ने भनिएकोमा यस्तो मापदण्ड थप गरिएको हो। यो नियम यो पटक अमेरिका भित्र रहेका निवेदकहरुको लागि लागु गरिएको हो। तर यस्तो निवेदनमा कोभिड १९ भ्याक्शिन लगाउने उमेर समूह भने सिडिसीको गाइडलाइन अनुसार हुने बताइएको छ।

यदि निवेदकको बसोबास क्षेत्रमा भ्याक्शिन उपलब्द नभएको स्थिति प्रमाणित भएमा, निवेदकको मेडिकल कण्डिशनले गर्दा भ्याक्शिन लगाउन नमिल्ने कारण भएमा, निवेदकले लिएको धार्मिक विश्वासका कारणले भ्याक्शिन लगाउन नमिल्ने उचित कारण भएमा मात्र निवेदकले Form I-601 भरेर भ्याक्शिन वेवरको लागि पिटिशन गर्न सक्नेछन। अन्यथा सिडिसीले दिएको गाइड लाइन अनुसारका व्यक्ति र उमेर समुहका निवेदकहरुलाइ किभिड १९ को फुल डोज भ्याक्शिन अनिवार्य हुनेछ।