USCIS ले थुप्रै केस नेब्रास्काबाट क्यालिफोर्निया सेन्टरमा सार्यो

Hollywood Khabar June 08,2017 Comments

कृष्ण के सी
हालै मात्र U.S. Citizenship and Immigration Services (USCIS) को नेब्रास्का सेन्टरले आफ्नो Workload Transfer गर्न थुप्रै केसहरु क्यालिफोर्निया सेन्टरमा ट्रान्सफर गरेको छ।
USCIS ले आफ्ना पाँच वटा सर्भिस सेन्टरमा कामको चाप अनुसार, सबैको कामको चाप मिलाउन र सेवालाई छरितो गर्नको लागि बेलाबखतमा केसहरु सार्ने गरेको कुरा सुचनामा जनाएको छ।
यसरी सारिएका केसहरुबाट के कस्तो प्रभाव हुन्छ ?
१.यसरी सारिएका केसका Applicants लाइ सुचना पठाइने छ। तर केस सारिए पनि रिसिप्ट नम्बर भने पुरानै हुनेछ। सारिएका कारण केस ढिलो हुने छैन।
२. आफ्नो भर्नु पर्ने फर्म, कागजातहरु नियमित रुपमा वर्तमान फर्मको निर्देशन अनुसार नै गर्नु पर्नेछ। फर्ममा कुन ठेगानामा थप डकुमेन्ट पठाउने भन्ने कुरा उल्लेख गरिएको हुन्छ।
३. यदि ट्रान्सफर पछि आफ्नो पिटिशनलाइ प्रेमियम प्रोसेस गर्ने चाहनुहुन्छ भने निम्न कुराहरु गर्नुहोस:
क. तपाइको पिटिशन भएको ठाउँमा I-907 फाइल गर्नुहोस
ख. Form I-797, Receipt Notice हरु पेण्डिङ् पिटिशन/एप्लिकेशन सेन्टरमा पठाउनुहोस।
ग. यदी उपरोक्त दुवै कुरा गर्नु भएन भने तपाइको Form I-907 रिजेक्ट हुनेछ।
४. आफ्नो केसको ट्रयाक कसरी गर्ने?
सबै भन्दा पहिला आफ्नो इमेलमा अटो अपडेट लग गर्नुहोस। होइन भने केस नम्बर रेडि गर्नुहोस। अनि यो लिंक क्लिक् गर्नहोस: https://egov.uscis.gov/casestatus/landing.do लिंकमा केस नम्बर पंच गर्नुहोस, तपाइको केसको स्थित थाहा हुन्छ। यदी निर्धारित समयमा पनि तपाइको केसको कुनै सुचना या जानकारी आएन भने अन लाइनबाट सोध्न सक्नुहुनेछ। त्यसको लागि यो लिंक क्लिक गर्नुहोस। https://egov.uscis.gov/e-request/Intro.do अथवा National Customer Service Center (NCSC) 800-375-5283 (TYY 800-767-1833) मा फोन गर्नुहोस। फोन गर्नु पुर्व आफ्नो केस नम्बर रेडि गर्न्होस। केस नम्बर र रिसिप्ट नम्बर भनेको एउटै हो।