अनुवाद वेरितको भए USCIS ले निवेदन खारेज गर्न सक्छ

Hollywood Khabar October 25,2017 Comments

बिनोद रोका, एर्टनी एट ल
अमेरीकी अद्यागमन बिभागको नेब्रास्का सर्भिस सेन्टरले अमेरीकन ईमिग्रेशन लयर्स एसोशिएसनलाई सेप्टेम्बर २०१७ मा दिएको जानकारी अनुसार अमेरीकामा ग्रिनकार्ड वा अन्य अस्थायी भिषाको सुविधा पाऊनका लागि विदेशी नागरिकले दिएको निवेदनमा अंग्रेजी भाषादेखि बाहेकका अन्य भाषाका लिखतहरु पेश गर्दा यहाको नियमले तोके बमोजिम रित नपुगेका अवस्थामा सो निवेदन खारिज हुनसक्ने जानकारी गराएको छ।
नेपालबाट नेपाली भाषाका लिखतहरु अंग्रेजी भाषामा नोटरी बप्लीकको छाप हानी ल्याएका लिखत यहाको नियमले तोके अनुसार रित नपुग्ने (-8 CFR § 103.2(b)(3) हुदा नेपालीहरुले दिएको निवेदनहरु खारेज हुने वा धेरै समय पछि अद्यागमन बिभागले रितपुर्वको अनुवाद गरिएको सर्टिफिकेट राखी कागज पेश गर्ने आदेश दिएको पाईन्छ। अमेरीकी कानुन अनुसार नोटरी पव्लीक र अनुवादकर्ता एऊटै व्यक्ति हुन सक्दैन। किनकि नोटरी पव्लीकले कुनै व्यक्तिले आफनो अगाडी आएर स्ही गरेको हो भनि प्रमाणित गर्दछ भने अनुवादकर्ता कुनै पनि सक्षम व्यक्ति हुन सक्दछ। ऊस्ले लाईसेन्स पाएको हुनु पर्दैन। अमेरीकी अद्यागनले तोकेको सर्टिफिकेटको ढाचा यस्तो पाईन्छ।
Certification of Translation
I, , hereby certify that I have translated this document from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.
Name: Address: Tel:
Sworn to before me on this__ day of —–20—-.
Notary Public
यो समस्यालाई मैले व्यक्तिगत रुपबाट धेरै बर्षदेखि उठाऊदै आएको छु। तर कार्यान्वयन हुन सकेन। मेरा समकालीन साथीहरु चार जना नेपालका महान्याधिवक्ता भए। ऊनीहरु नोटरी पव्लीकको पदेन अध्यक्ष हुदा रहेछन। त्यस्तै नेपाल वारका अध्यक्षहरु सदस्य हुने रहेछन। मैले ऊनीहरु प्राय सबैलाई भने। अनि यो काम गर्नलाई कुनै ऐन वा नियममा शंसोधन गर्न नपर्ने रहेछ। नोटरी पव्लीकको लाईसेन्स दिएका व्यक्तिहरुलाई अबदेखि यसो गर्नु भनि परिपत्र गरिदिए पुग्छ। सबैले हुन्छ यो गरि हाल्छौ नि भने तर अहिलेसम्म भएको छैन। यो काम पैसा लिएर अनुवाद गर्ने नोटरी पव्लीकले गर्दा पनि हुन्छ। कसैको निर्देशनको आवस्यकता पर्दैन। मैले बुमmन सकेको छैन नेपालमा हुन सक्ने कुरा पनि हुन नसक्नुमा के रहस्य लुकेको छ।
नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर नोटरी पव्लीकको सही र छाप लगाएर ल्याएको कागज पनि अमेरीकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आऊने बेलामा पुन रितपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु भनि पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने गर्नुभएको छ अब के गर्ने/ रितपूर्वकको अनुवाद भनेको के हो/ आदि। त्यस्तै यसरी अनुवाद गरिएका अन्य कतिपय लिखतहरुमा आफनो दावीलाई पुष्टि गर्ने ठाऊमा आफैलाई खण्डन गर्ने वा अपठ्यारोमा पार्ने शव्दहरु अद्यागमन अदालत समक्ष पाइएको दृष्ठान्त पनि छन।
यसरी रित नपुरयाई अनुवाद गर्ने अनुवादकहरु अमेरीकामै पनि भेटिन्छन। किनकि कतिपय अनुवादकर्ताहरुलाई यस विषयमा प्रयाप्त जानकारी हुदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधै व्यवसायीक मान्छे समक्ष पृग्दैनन जव सम्म अपठयारो पर्दैन। अत प्रस्तुत लेखमा नेपालीभाषाबाट अंग्रेजीभाषामा अनुवाद गरिदा के रित नपुगेकाले यस्तो समस्या आऊने गर्दछ भन्ने विषयमा केही चर्चा गरिएको छ।
पहिले नेपालबाट कानुन किताब व्यवस्था समितिले अंग्रेजीमा अनुवाद गरेर अधिकृतको सही र समितिको छाप अनि परराष्ट्र् मन्त्रालयको कन्सुलर शाखाले पनि स्हीछाप हानेर दिएको हुन्थ्यो भने अहिले नोटरी पव्लीकले अनुवाद गरेर सही गरी नोटरी पव्लीकको छाप हानिदिएको हुन्छ। यी दुवैनै नेपालको प्रचलित कानुन अनुसार नेपाली लिखतलाई अंग्रेजीमा अनुवाद गर्न पाऊने निकाय वा व्यक्तिहरु हुन। तर अनुवादकर्ताहरुलाई थाहा हुदैन ती अनुवाद गरिएका अंग्रेजी भाषाका लिखतहरुमा अमेरीकी अद्यागमन कानूनले तोकेको शर्तहरु पुरा नभएको कारणले मान्यता पाऊदैनन र व्यक्तिहरुले दुख पाऊछन।
अमेरीकी अद्यागमन कानुनले यसरी अनुवाद गर्ने व्यक्ति कुनै निकायाबाट परिक्षा उत्तिर्ण भएर अनुवाद गर्ने र छाप हान्ने अधिकार पाएकै हुनु पर्छ भन्ने व्यवस्था गरेको छैन। यसरी अनुवाद गर्ने व्यक्ति परिवारको सदस्य देखि लिएर अरु जो सुकै व्यक्ति पनि हुन सक्दछन जो दुवै भाषामा पोख्त छन। अनुवाद गर्ने व्यक्तिले आफुले अनुवाद गरेको हु भनि लेखेको लिखतलाई नोटरी पव्लीक समक्ष उपस्थित भै प्रमाणित गर्नु पर्ने आवस्यकता पनि हुदैन। यद्यपि आफनो परिवारका सदस्यहरुले गरेको अनुवादलाई भने कहिलेकाहि आन्यता दिन कन्सुलर अफिसर वा अद्यागमन अधिकारीहरुले हिचकिचाऊन सक्ने सम्भावना रहन्छ। यसरी दुवै भाषामा दक्षता भएको व्यक्तिले अनुवाद गरेको लिखतको अगाडी तलको वा यस्तै कुनै अर्को व्यहोरा जनिएको सर्टिफिकेट पेश गरेमा त्यस्तो लिखतलाई अमेरीकी अद्यागमन अदालत वा विभागले मान्यतदा प्रदान गर्दछ। किनकि अनुवाद गरिएको लिखतमा नेपालीमा रहेको हुबहु व्यहोरा अनुवादकर्ताले उल्लेख गरेका छन भनि विस्वास गर्ने आधार भेटदछन। अनुवादकर्ताले एउटै व्यक्तिसंग सम्वन्धित लिखतका धेरै पन्नाहरु अनुवाद गरेको भएमा तपसिलमा अनुवाद गरिएका लिखतहरुको नाम उल्लेख गर्न पनि सकिन्छ। तर वेग्ला वेग्लै लिखतमा वेग्लावेग्लै सर्टिफिकेट हुनु ऊचित हुन्छ।
नेपालबाट तत्कालीन अवस्थामा कानून किताव व्यवस्था समितिले अनुवाद गरि छाप हानि परराष्ट्र् मन्त्रालयका कन्सुलर अफिसरले अनुवाद भएको लिखतलाई Authentication प्रमाणिकरण गरेको भएता पनि अनुवाद गर्ने व्यक्ति नेपाली र अंग्रेजी दुवै भाषामा पोख्त वा दक्ष हो कि होईन भनि खुलेको देखिदैन। त्यस्तै हाल नेपालको नोटरी पव्लीक ऐन अनुसार लिखतको अनुवाद गर्ने ईजाजत प्राप्त गरेको नोटरी पव्लीकले पनि नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गर्दा प्राय “The Translation Copy is True and Verified” मात्र लेखेको नोटरी पव्लीकको स्टाम्प राखेको देखिन्छ तर ती व्यक्ति दुबै भाषामा दक्ष हुन कि होईनन भनेर खुलार्ईएको हुदैन। किनकि अनुवादकर्ताको दक्षता र लिखतको प्रमाणिकिकरण भन्ने विषयबस्तु एउटै होइनन। यहा हेरीने प्रश्न लिखतको प्रमाणिकरण होइन कि अनुवादकर्ताको दक्षताको प्रमाणिकरण हो।
नेपालमा नोटरी पव्लीक भन्ने व्यक्ति दुवै भाषामा दक्ष भएकै कारणले नोटरी पव्लीकको लाईसेन्स पाएका हुदा त्यस्तो व्यहोरा खुलाई रहनु नपर्ने भन्ने मानसिकता रहेपनि विदेशमा रहेका न्यायिक वा अर्धन्यायिक विषयमा निर्णय गर्ने अधिकारीलाई त्यस्को जानकारी हुदैन। र सयौ व्यक्तिका विषयमा निर्णय गर्नुपर्ने अद्यागमन अदालतका न्यायाधिश वा अधिकारीले यहाको प्रचलित नियमा वा आफनो विभागले दिएको निर्देशीकालाई आधार बनाऊछ कुनै पनि लिखत रितपूर्वक अनुवाद भएर आएको छ कि छैन भन्नका लागि। निजहरुलाई नेपालको कानूनमा यस सम्वन्धमा के व्यवस्था रहेछ भनि हेर्ने फुर्सद हुदैन र जान्नुपर्ने आवस्यकता पनि पर्दैन किनकि कानुन वमोजिमको सुविधा पाऊनका लागि निवेदन गर्ने व्यक्तिले नै आफ्ना प्रमाणहरु रितपुरयाएर पेश गर्नु पर्दछ। त्यसैले अदालतका न्यायाधिशहरुले यस्ता लिखतलाई रित नपुगेको हुदा प्रमाणको रुपमा मान्यता नै दिदैनन। अनि कागज पेश गर्ने व्यक्तिको प्रमाण मिसिलमा वा फाईलमा रहेर पनि उस्का लागि त्यो वेरिते लिखत मद्दतगार हुन सक्दैनन।
अत पक्षहरुको हितलाई ध्यानमा राखेर नोटरी पव्लीकका लाईसेन्स पाएका व्यक्तिहरुले पक्षले गरेको दावीलाई ध्यानमा राखेर त्यसैको मर्मलाई समेटने अंग्रेजी भाषाका शव्दहरु चयन गरी अनुवाद गरेको लिखतको अनुवाद गरेको सटिैफिकेट अर्को नोटरी पव्लीकको अगाडी गै सही गरिदिनु ऊचित हुन्छ। व्यक्तिहरुले पैसा खर्च गरेर आफनो काम बनोस भनि ल्याएका अनुवादीत लिखत पेश गर्दा दिएको निवेदन खारिज हुने वा फेरी रित पुगेको अर्को लिखत पेश गर्ने अवस्थाबाट पर्ने असर पिडादायी हुन्छ पक्षहरुलाई। अपेक्षा गर्दछु नेपालका जिम्वेवाद व्यक्तिहरुले यस बिषयमा ध्यान दिने छन।
***http://www.binodlaw.com/web बाट**
बिनोद रोका, एर्टनी एट ल, लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ। रोकाको ल अफिस न्युर्योक शहरको ऊडसाईड क्वीन्समा रहेको छ। प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो सल्लाहको लागि होईन। तपाईको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नृ होला। अरु जानकारीका लागि www.binodlaw.com मा क्लिक गर्नुहोस।