छुट्याइएका परिवार सदस्यस ३० दिन भित्र रियूनाइट गर्न फेडरल जजको रुलिङ्ग

Hollywood Khabar June 26,2018 Comments

कृष्ण के सी/अमेरिका
क्यालिफोर्निया राज्यको साण्डियागो स्थित U.S. District Court Judge Dana Sabraw बाट छुट्याइएका परिवार सदस्यहरुलाई ३० दिन भित्र रियूनाइट गर्न रुलिङ्ग भएको छ।

जुन २६, २०१८ मंगलबार दिउँसो U.S. District Court Judge Dana Sabraw बाट ट्रम्प प्रशाशनलाइ ५ वर्ष मुनीका बच्चाहरुको परिवारलाइ १४ दिन भित्र र ५ बर्ष या त्यो भन्दा माथिका बच्चाहरुलाई ३० दिन भित्रमा रियूनाइट गर्न रुलिङ्ग भएको छ। रुलिङ्गमा उपरान्त कुनै पनि अमेरिकी इमिग्रेशन एजेण्टले बच्चाहरुलाई परिवारबाट छुट्याउन पाउँदैन भनिएको छ। (थप जानकारी हेर्नको लागि: American Civil Liberties Union (ACLU) a preliminary injunction in a lawsuit filed over the family separation policy)

पछिल्ला दिनहरुमा ट्रम्प प्रशाशनको zero tolerance पोलिसी अनुसार अमेरिकी इमिग्रशन तथा बोर्डर अथोरिटीबाट २३०० भन्दा धेरै परिवारका बच्चाहरुलाई छुट्याएर  डिटेन्शनमा राख्ने, उनीहरुलाई डिपोर्टेशन पकृयामा लैजान छुट्याइएका बच्चाहरुलाई थुप्रै सेल्टरहरुमा राख्ने काम भएको थियो। गत हप्ता राष्ट्रपति डनल्ड ट्रम्प्ले एक अध्यादेश मार्फत सो कार्य रोक्न आदेश दिनुभएता पनि zero tolerance पोलिसी भने कायम नै रहने कुरा भएको थियो।