-राष्ट्रपति निर्वाचन:६९ मिलियनले अर्ली भोटिङ्ग गरे, आम निर्वाचन हुन ५ दिन बाँकी

राष्ट्रपति निर्वाचन:६९ मिलियनले अर्ली भोटिङ्ग गरे, आम निर्वाचन हुन ५ दिन बाँकी

Hollywood Khabar October 28,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/२८/२०२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

 

आम निर्वाचनको दिन आउन अब ५ दिन बाँकी छ। U.S. Elections Project का अनुसार अक्टुवर २७, २०२० सम्म ६९ मिलियन भन्दा धेरै मतदाताहरुले अर्ली भोटिङ्ग गरिसके। एबसेण्टी ब्यालेट र मतदान केन्द्रमा गरेर सो अर्ली मतदान भएको हो।यो पटक टेक्सस र फ्लोरिडामा पहिलाका आम निर्वाचनमा भन्दा धेरै अर्ली भोटिङ्ग भएको कुरा CNBC TV ले जनाएको छ।