-राष्ट्रपति निर्वाचन:एक दिन अगाडिको पुलमा परिणाम ५०-५० चान्सेस

राष्ट्रपति निर्वाचन:एक दिन अगाडिको पुलमा परिणाम ५०-५० चान्सेस

Hollywood Khabar November 01,2020 Comments

कृष्ण के सी, अमेरिका/११/२/२०२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

आम निर्वाचनको दिन आउन अब १ दिन बाँकी छ। 2020 Presidential Election को Polls, CNN, ABC News, Fox News लगायतको समाचारको म्यापलाइ हेर्दा यो निर्वाचन अत्यन्तै प्रतिस्पर्धा भएको देखिएको छ। दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको देखिएको छ। मिसिगनमा राष्ट्रपति ट्रम्पले सुधार गरेका छन् भएन एरिजोना, फ्लोरिडा र पेन्सल्भिएनिया लगायत स्टेटमा जो बाइडेनले सुधार गरेका छन्।

हाल उनीहरुले गरेको लिडिङ्ग पुल अनुसार उपराष्ट्रपति बाइडेन २७९ इलेक्ट्रोरल मत र राष्ट्रपति ट्रम्प २५९ मत मा रहेको अनुमान म्यापबाट गर्न सकिन्छ। निर्वाचनमा बिजयी हुन् ५३८ मध्ये २७० इलेक्ट्रोरल मत ल्याउनुपर्छ। सर्भेक्षणमा देखाइएको लिडिङ्ग स्टेटको इलेक्ट्रोरल मत गणना गर्दा उपराष्ट्रपति बाइडेन आवश्यक भन्दा ९ मतले अगाडी छन्। अनि राष्ट्रपति ट्रम्पले ११ मत कममा छन्। यो घेरा भनेको अत्यन्तै साँघुरो हो।

CBS News ले दिएको पछिल्लो समाचारमा १३ वटा राज्यहरुलाई ब्याटल ग्राउण्ड मानिएको छ। जे सुकै भएता पनि आजको अर्लिभोटिङ्ग र भोलिको इलेक्शन डेमा हुने प्रभाव नै ठूलो हुन्छ।

यसमा पनि कडा प्रतिस्पर्धा भएका राज्यहरुमा पछिल्लो पटक उतार-चढाव आएको छ। उसै पनि अर्ली भोटिङ्गले एउटा लहर ल्याएको छ। त्यो अर्ली भोटिङ्ग दुवै पक्षका भोटरले गरेका छन्। यो पुल हेर्दा २५९ र २७९ को जोडबीच रहन आउने ४३ मत नै अन्तिम निर्णायक हेन देखिन्छ।