कृष्ण के सी/अमेरिका/३/१७/२०
U.S. Citizenship and Immigration Services-USCIS ले मार्च १८, २०२० देखि लागु हुनेगरी फिल्ड अफिसबाट थुप्रै इनपर्शन सेवाहरु तत्कालको लागि बन्द गरेको जनाएको छ।
USCIS ले मार्च १८, २०२० देखि लागु हुने गरि भनि जारि गरिएको सूचनामा USCIS का फिल्ड अफिसबाट प्रदान गरिने इनपर्शन सेवाहरु तत्कालका लागि बन्द गरेको जनाएको छ। यसरी बन्द गरिएका सेवाहरुमा असाइलम, एप्लिकेशन सपोर्ट सेन्टरका सेवा व्यक्तिहरु उपस्थिति हुने खालका सेवाहरु बन्द गरिएको छ।
Coronavirus Disease 2019 (COVID-19) को महामारी नफैलियोस भन्नका लागि यस्तो निर्णय गरिएको कुरा सूचनामा जनाइएको छ। अर्को सूचना नभए सम्म यो सूचना अप्रिल १, २०२० सम्म लागु हुने छ। तर USCIS ले केहि अत्यावश्यक सेवाहरु इमर्जेन्सी सेवाहरु भने प्रदान गर्ने छ।
यस संबन्धि निवेदकहरुलाई रिस्क्याजुल गरिएको परिपत्र उनीहरुको ठेगानामा पठाउने जनाइएको छ। नेचरलाइजेशन (नागरिकता प्रदान) का सेवा पनि तत्काल रोकिएको छ र पुन:गरिनेछ। असाइलमका अन्तर्वार्ता पनि अर्को पटक सारिएका छन्। उनीहरुको लागि नयाँ अन्तर्वार्ताको मिति र समय समेत पत्रमा पठाइने कुरा जनाइएको छ। जो जो निवेदकहरुले इन्फो पास र समय लिएका छन् उनीहरुले हालको लागि उनीहरुले USCIS Contact Center मा सम्पर्क गरेर आफ्नो समय कहिले पर्छ जानकारी लिन सक्नेछन। थप जानकारीको लागि USCIS को साइटमा भिजिट गर्न अनुरोध गरिएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता