USCIS ले ल्यायो सिटिजनसिप Test Study Tools Mobile App

Hollywood Khabar June 13,2017 Comments

U.S. Citizenship and Immigration Services (USCIS) ले जुन १४ २०१७ मा जारी गरेको सुचनामा Civics Test Study Tools Mobile App सार्वजनिक गरेको कुरा जानकारी गराएको छ।
USCIS Civics Test Study Tools Mobile App नाम दिइएको उक्त App तत्काल iTunes र  Google Play दुवै App Stores मा उपलब्ध छन। USCIS ले यो App बाट नयाँ बन्ने सिटिनजहरुको लागि बनाइएको परिक्षाको अध्यन सामग्री ल्याएको कुरा जनाएको छ। यसका साथै गेममा गएर आफ्नो टेस्ट स्व:परिक्षण गर्न सकिने पनि ब्यबस्था छ। गेममा आफ्नो नोट रिमाण्डर राख्न पनि सकिने छ। आफुले एपमा पहिला गरेको टेस्टको नतिजा हेर्न मिल्ने गरिएको छ। यो एप अंग्रेजी र स्प्यानीस दुवै भाषामा स्विच गर्न मिल्ने छ।
नेपाली समुदायका धेरैले आफ्नो सिटिजनसिप टेस्ट दिंदै हुनुहुन्छ भने एप अपलोड गर्न अन्यत्र होइन USCIS को अफिसियल साइटमा गएर USCIS ले डेभलप गरेको एप मात्र डाउनलोड गर्न समेत सुचित गरिएको छ।होसियार रहनुहोस एप स्टोर्समा यस्ता थुप्रै एपहरु छन तर USCIS को एप मात्र अपलोड गर्नुहोस। अथवा यो लिंक क्लिक गर्नुहोस: https://my.uscis.gov/prep/test/civics