USNPRC LOGO

एमसीसी कम्प्याक्ट संबन्धमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरको धारणा

Hollywood Khabar December 24,2019 Comments

एमसीसी कम्प्याक्ट संबन्धमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरको धारणा

संयुक्त राज्य अमेरिकाले नेपाललाई दिन लागेको हालसम्म कै ठूलो अनुदान सहयोग ५६ अर्वको परियोजना एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि चालू संसदबाट यथासिघ्र अनुमोदन गराइ योजना अघी बढाउन र नेपाललाई एउटा भरपर्दो साझेदारका रुपमा स्थापित गराउन नेपाल सरकार, संसद र राजनितिक दलहरुलाई गंभिर र इमान्दार हुन युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आग्रह गर्न चाहन्छ ।

नेपालको गरीबी निवारणका लागि बिध्युत प्रशारण लाइन स्तर बृद्धी तथा बिस्तार र सडकको स्तरोन्नती दुइवटा मुख्य योजना छनौट भइसकेका र जुन ३०, २०२० देखि परियोजना कार्यान्वयन सुरु भइ पांच वर्षमा सम्पन्न गरी सक्नु पर्ने बाध्यात्मक समयसीमाका प्रावधान छन ।

६ महिना अघि दुइ तिहाइ मतको सरकारले संसदमा समर्थनका लागि प्रस्तुत गरी सकेको एमसीसी कम्प्याक्ट अघिल्लो संसद बैठकबाट अनुमोदन गरिसक्नु पर्नेमा अहिले संसदको हिंउदे अधीवेशन सुरु भए पछी एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने सन्दर्भमा सत्तारुढ दल भित्र उचालिएका कतिपय कृत्रीम विवाद र शत्ता संघर्षका आन्तरिक किचलोले गर्दा २५ वर्ष पहिला अरुण तेस्रोको नियती यो एमसीसी परियोजनाले भोग्नु पर्ने हो कि ? र यो योजना तुहा उने षडयन्त्र भैरहेको त छैन ? भन्ने संसय र चिन्ता प्रकट गर्दछौं ।

साढे दुइ वर्ष अघि नेपाल सरकार र अमेरिकि एमसीसी बिच भएको सम्झौता र डेढ वर्ष अघि भएको योजना कार्यान्यन सम्झौता हुंदा सबै बुंदा र विषय सार्वजनिक गरिएका थिए । त्यस बेला कुनै बिरोध नगरेकाहरुले अहिले परियोजना कार्यान्वयनको संघारमा आइ पुग्दा कुनै दलको आन्तरिक शक्ती संघर्षको शिकार नेपालको बिकास र संबृद्धी हुन नपरोस भन्ने हाम्रो सरोकार हो । सरकारको विश्वसनियताको प्रश्न, राष्ट्रको पूर्वाधारको बिकासमा दलिय राजनितिकरण जस्ता विषयले नेपालको छवी बिगार्ने काम हुन नजाओस भनेर हामी सचेत पार्न चाहान्छौ।
अध्यक्ष : राजन पन्त, पीएचडी

कार्यकारी सचिव, सुमन पराजुली पीएचडी

Date: December 26,2019

US-Nepal Policy Research Center