-डब्लिन शहरको एउटा पार्किङ्गबाट खिचिएको यो तस्बिर

उत्तरी क्यालिफोर्नियाको सबैजसो एरियाको धुवाँले गर्दा पुरै सहर दिउँसै अन्धकार

Hollywood Khabar September 09,2020 Comments

गणेश थापा, क्यालिफोर्निया, ९/९/२०२०

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यक उत्तरी भेगका विभिन्न सहरमा बुधबार एक्कासी अन्धकार छाएको छ। क्यालिफोर्निया राज्यको उत्तरी भेगका मुख्य सहर सान फ्रान्सिस्को बे यरिया यतिवेला रात झैं अध्यॉरोले ढाकेको छ। बिहान देखि साँझ सम्म पुरा दिन साँझ परेको जस्तो देखिएको अवस्था थियो। सुर्य उदायको हो या होइन भन्ने कुरा विहानीको त कुरै छोडौ मध्यान्हले समेत कुनै संकेत गर्न सकिरहेको अवस्था रहेन।

सहरमा जताततै दिनपनि रात भएको बेला मध्य दिउँसो सारा सडक वत्ति बलिरहेका थिए। सवारी साधनहरू आफ्ना हेडलाइट अन गरेर गन्तव्यतर्फ हुइँकिरहेका थिए। जनजिवन निकै कौतुहल देखिएको थियो। तै पनि मानिसहरू निःशब्द प्राय:छन्, किनकी यो एउटा मानव सिर्जित विपद् भएकोले यसको सामना पनि मानिसले नै गर्नु परिरहेको छ। पार्किङमा राखिएका गाडिहरु पुरै खरानीले सेताम्य भएका छन्।

कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख व्यक्तिको ज्यान गइसकेको अमेरिकामा रगंभेदी आन्दोलनको चोटपछि हाल क्यालिफोर्निया, वासिगंटन, ओरेगन लगायतका राज्यहरूमा बिशाल रूपमा फैलिरहेको डडेलोको कारण यसखालको विपद् अन्धकार देखिएको हो। आकाश तुवॉलो र धुवॉले ढपक्कै ढाकेका कारण यस किसिमको समस्या आएको सम्बन्धित क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् ।

अमेरिकन मौसमविद्ले केहीदिन यस्तै अवस्था रहने र वायुमंडलमा सुद्ध अक्सिजनको मात्रा कमी रहेकोले सचेतता अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन्।