-उपत्यकाको ट्राफिक व्यवस्थापनमा NCC क्याडेट परिचालन

उपत्यकाको ट्राफिक व्यवस्थापनमा NCC क्याडेट परिचालन

Hollywood Khabar March 25,2021 Comments

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंले एक विज्ञप्ति जारि गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले NCC क्याडेट परिचालन गरिएको जनाएको छ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु मिति २०७७/१२/१० गतेबाट १० दिनको लागि काठमाण्डौ र भक्तपुर जिल्लाका विभिन्‍न स्थानहरुमा बिहान ०८:०० बजेबाट १०:०० बजेसम्म र बेलुका १५:३० बजेबाट १८:३० बजेसम्म २ सिफ्टमा परिचालन भईरहेको जानकारी गराइएको छ।

राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा मिति २०७७/१२/०८ र ०९ गते NCC Alumni Association Nepal का ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुई दिने ट्राफिक अभिमुखिकरण सम्बन्धी कक्षा संचालन गरिएको थियो। राष्ट्रिय सेवा दलले प्रशिक्षित NCC क्याडेटहरुको सहभागितामा विभिन्‍न मानविय सेवा तथा विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। NCC क्याडेटहरु स्वंयम सेवक भूमिकामा परिचालन हुनेछन।