-तनहुँको भिमाद स्थित एनसेल टावरमा आगजनी   

तनहुँको भिमाद स्थित एनसेल टावरमा आगजनी   

Hollywood Khabar January 11,2020 Comments

२७ पुस,दमौली।तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा आगजनी भएको छ ।इलाका प्रहरी कार्यालय भिमादले  अज्ञात समूहले शनिबार राति एनसेल टावरमा आगलागी गरेको जनाएको छ ।आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ।आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।आगजनी गर्नेको खोजीभइ रहेको प्रहरीले जनाएको छ ।