-Kumar Pant, NRNA VP and Presiden Candidate 2019

NRNA:मेरो कार्यकालमा भिजन २०२० कार्यान्वयन र संघको संरचनामा परिवर्तन हुनेछ

Hollywood Khabar August 29,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२७/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ अवधिका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो कार्यकालमा भिजन २०२० र संस्थाका केहि संरचनाहरु समेत समेटेर सँस्थागत संरचनामा परिवर्तन ल्याउने कुरा बताएका छन्।

उसो त थुप्रै कुरा आफ्नो घोषणा पत्रमा समेत बुँदागत रुपमा आउने छन्। तर पनि प्रमुख मध्येको एक कुरा चाहिँ भिजन २०२० एण्ड बियोण्ड अनि अन्य संस्थागत संरचनामा परिमार्जन गरि कार्यान्वयनमा ल्याउने कुरा हो। यो भिजन २०२० गत २०१७ को अधिवेशनमा नै पास भैसकेको छ। यसका आंसिक पक्ष कार्यान्वयनमा गए तर फुल फ्लेजमा कार्यान्वयन गर्नु मेरो प्रमुख दायित्व हुन आउने छ, पन्तले भने।

संस्थालाई नीति र विधिले दुरुस्त रुपमा संरचित गरेर कार्यान्वयनमा जाँदा नै बढी सफलता मिल्छ। यसमा केन्द्र देखि स्थानिय र कतिपय देशमा रहेका राज्य अनि शहर सम्मका कुरालाई पनि कसरी संस्थागत रुपामा लैजाने भन्ने कुरा चुनौतिपूर्ण छ। तर पनि भिजन नीतिगत रुपमा पास भैसकेको अबस्थामा कार्यबिधिको तर्जुमा गर्ने र कार्यान्वयनमा जाने हो। त्यसका लागि म तयार भएर आएको छु, कुमार पन्तको जवाफ थियो।

बिश्वभरिका राष्ट्रिय समन्यवय परिषदहरुलाई एउटा स्टाण्डर्ड गर्न मास्टर बाइलजलाइ कडाइका साथ कार्यान्वयनमा ल्याउने, केहि देश जहाँ संघ दर्ता जस्तो कुरामा पनि कानुनि रुपमा थुप्रै अड्चन छन् तिनलाई उपयुक्त ब्यबस्था गर्ने जस्ता कुराले धेरै प्राथमिकता पाउनेछन।

अब कुरा उठ्छ, संगठनमा पनि खासगरी पदिय संरचना, आबद्धता, सदस्यता र निर्वाचन प्रणाली जस्ता कुराहरुमा बढी ध्यान दिनेछु। कुरा म भन्दा पनि मेरो कार्यकालमा केन्द्र देखि बिश्व भरिका देश र ती देशका राज्य जस्ता स्थानिय तहसम्म सबैलाइ फुल स्विंङमा सकृय बनाउनेछु, पन्तले गंभिर हुँदै जवाफ दिए।

यसबाहेक अग्रजहरुको अनुभव, ज्ञान र योगदान अनुसार उहाँहरुलाई पनि योगदानको लागि सकृय रहन अनुरोध गर्नेछु। कतिपय अग्रजहरुको आफ्नो भिजन अनुसार बनेका र सुरु भएका कुराहरुमा पनि उहाँहरुको सकृय योगदान जरुरि देखेको र बुझेको छु।

यसबाहेक संसारमा स्थानिय देखि केन्द्र सम्म कहाँ कसले कति काम गरे प्रय्येक दिन अपडेट हुनेछ। संघको संचारमा एकदमै तिब्रता ल्याउने कार्य हुनेछ। छोटकरीमा भन्नुपर्दा सँस्थामा जिम्मेवार हरेकले आफूले बिताएको कार्यकालप्रति सधैं गर्व गर्ने अवस्थाको सृजना हुने तयारी गरेको छु। हलिउडखबरको सँस्थागत संरचनाबारे एक प्रश्नको छोटो कुराकानीमा पन्तको जवाफ थियो।