NRNA President Mr Bhaban Bhatta

NRNA:गैरआवासीय नेपाली संघले गर्यो VISIT NEPAL २०२० सफल पत्रकार सम्मेलन

Hollywood Khabar February 25,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघले फेब्रवरी २७, २०१९ नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप परिसरमा पत्रकार सम्मेलनको गरेको छ।

सम्मेलनमा नेपाल पर्यटन प्रवर्धन बर्ष २०१९ लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेका बिभिन्न प्रस्तावित गतिविधिहरु बारे जानकारी गराइएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष भबन भट्टले आगामि दिनमा संघले अघि सारेका प्रवर्धन गतिविधिहरुले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को सफलताको लागि बलियो आधार बन्नेमा बिश्वास व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघले VISIT NEPAL २०२० लाई सफल पार्न सहयोग गर्ने हेतुले आयोजित कार्यक्रममा सो संबन्धि जानकारी दिनको लागि सो कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा भएको कार्यक्रममा संघका अध्यक्ष भबन भट्ट, पदाधिकारीहरु, नेपाल पर्यटन बोर्ड र सरोकारवाला संघ-संस्थाहरुको उपस्थिति रहेको थियो।