-साङ्केतिक तस्बिर

वडाध्यक्षले किरा मार्ने बिष खाएर आत्महत्या गर्न खोजे 

Hollywood Khabar December 08,2019 Comments

२४मंसिर, विराटनगर ।एक वडाध्यक्षले किरा मार्ने बिष खाएर आत्महत्या प्रयास गरेका छन्।विराटनगर महानगरपालिका  ६ का वडाध्यक्ष बिजय कामतले किरा मार्ने बिष खाएर आत्महत्या प्रयास गरेका हुन् ।आइतबार साँझ विष सेवन गरेका कामतको अवस्था गम्भीर भएपछी विराट नर्सिङहोममा आईसीयूमा राखेर उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।