-वडाध्यक्षलाइ बोक्सो भन्दै कालोमोसो दलेर जुत्ताको माला !

वडाध्यक्षलाइ बोक्सो भन्दै कालोमोसो दलेर जुत्ताको माला !

Hollywood Khabar December 08,2019 Comments

२४ मंसिर,काठमाडौँ। एक वडाध्यक्षलाइ स्थानीयले बोक्सो भन्दै कालोमोसो दलेर जुत्ताको माला लगाएर  गाउँ परिक्रममा गराएका छन्।चितवनको इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो दलेर मलमूत्र खुवाउने प्रयास गरेका हुन् । वडा कार्यालयको भवन सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। प्रहरीले उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो । चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ ।