साङ्केतिक तस्बिर साभार वेब

वडाध्यक्षहरुद्वारा सामूहिक राजीनामा

Hollywood Khabar August 22,2019 Comments

६ भाद्र बाजुरा।बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाका ५ जना वडाध्यक्षले सामुहिक राजीनामा दिएका छन्।बहुमतको दम्भ देखाएर नगरपालिकाको सबै काम विधि विपरीत मेयर पदम बडुवालले समितिका सदस्यलाई कुनै जानकारी नदिई मानेमानी ढङ्गगले काम गरेकाले आफूहरु राजीनामा दिन बाध्य भएको वडा न. ७ का वडाध्यक्ष धर्मराज पाध्याले बताए।उनले भने, 'कुनै  विकासीय समितिको सदस्यलाई जनकारी नदिई आफू अनुकूल निर्णय गर्दै आएकाले सामुहिक राजीनामा दिएको हाे।नगर कार्यपालिकाको बैठकमा विकास समितिका सदस्य नरहने गरी नेकपाबाट जितेका पाँच जना वडाध्यक्षले राजीनामा पेश गरेका हुन्।

स्थानीय तहको विधि विपरीत नगर प्रमुखले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको ९ का वडाध्यक्ष विनोद कुमार विकले बताए।उनले भने,'पटक-पटक सचेत हुन आग्रह गरे पनि मेयरले वास्था नगरेको हुँदा राजीनामा दिन बाध्य भएका हौं।'समिति गठनदेखि अरु निर्णय एकलौटी रुपमा गर्नेगरी फरक संगठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य–धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत,रोजगार निर्देशक समिति सदस्य वीर बहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार वि.क र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामुहिक राजीनामा पेश गरेका थिए।

यता नगरप्रमुख पदम बडुवाले भने आफूले सबै विकास समितिमा समेटेर लिएको बताए।उनले भने,'विकासीय समितिदेखि अन्य समितिमा समेत आफूलाई समेटेर लिनु पर्छ भने विषयमा हिजो जगर कार्य समितिको बैठकमा पेश गरिएको छ।'उनले बाहिरको कुरा नाटकीय रुपमा अफवाद फैलाए पनि झुटा भएको बताए।वडा अध्यक्षको राजीनामा आफू कहाँ नआएको उनले बताए।