कन्चन म्युजिक इन्टरटेनमेन्टले १४ नोभेम्वर, २०२० का दिन लक्ष्मी पूजाको अवसर पारेर “तिमी भए पुग्छ” बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्रेम सङ्रौलाको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्काको स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।
गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन नविन निरौलाले गरेका छन।
यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा “राजमार्ग”, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा “संगै संगै , सुविद गुरागाइको रचना र आफ्नै संगीतमा “कालापानी”, रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत सुनिता दुलालसँग युगल स्वरमा “घुम्टो” लगायत गीतहरू सार्वजनिक गरिसकेका छन् ।
भर्जिनिया निवासी पेशाले विश्व बैंकका आर्थिक नीती विज्ञ प्रेम सङ्रौला डीसी-भर्जिनिया क्षेत्रामा सामाजिक तथा साहित्यिक व्यक्तित्वका रुपमा परिचित छन । डीसीक्षेत्रमा सन्चालित कोठे कवि गोष्ठीका संस्थापक मध्यका एक सङ्रौलाका "सुकीधुपी" खण्डकाव्य र दर्जनौ फुटकर निवन्धहरू बिभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन भने एक कविता सङ्ह्रह प्रकाशनको तयारीमा छ ।
हेर्ने गीतको जमानामा निकै गम्भिर प्रकृतिको प्रेमिल गीतमा आफूले प्रेम सङ्रौलासँग सहकार्यमा यो गीत गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायक तथ संगीतकार खड्काले यो गीत एक पटक हेरिदिन अनुरोध गरेका छन ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...