-Dikshya Basnet

कबिता प्यारहरुलाई शुभकामना !

Hollywood Khabar April 10,2020 Comments

दिक्षा बस्नेत/क्यालिफोर्निया/४/११/२०

नयाँ बर्षमा सम्पुर्ण, प्यारहरुलाई शुभकामना

मित्रतामा समर्पित, यारहरुलाई शुभकामना !!

कोरोनालाई परास्त पार्दै, जोशहरुको रफ्तार बढोस

सुस्त पछी अघी बढ्ने, हतारहरुलाई शुभकामना !!

भ्रष्टाचारबाट रोकियोस मुलुक, महंगी बाट जोगियोस

दु:खि अनि गरिबका, हाट बजारहरुलाई शुभकामना !!

शान्तिको सन्देश बोकेर नयाँ बिहानि अब उदाओस

आउने प्रगति र उन्नतिका,समाचारहरुलाई शुभकामना !!

कसैलाई रोग नलागोस्, स्वास्थ्य जीबन बांच्न पाइयोस

तराइ, पहाड हिमाल अनि,किनारहरुलाई शुभकामना !!

बिगत जस्तै हुदै नहोस, निराकार होस भ्रष्टचारको

अब आउने जनताका सरकारहरुलाई शुभकामना !!

राजनीतिका काला बादल,हटेर जाओस ७७ सालमा,

सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!

प्रेमका पनि कुरा होउन, सोचेका सबै पुरा होउन

नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना !!