-व्हाइटहाउस राष्ट्रपति ट्रम्प माथि सुरु गरिएको महाभियोग बिरुद्ध अदालत जाने तयारी

व्हाइटहाउस राष्ट्रपति ट्रम्प माथि सुरु गरिएको महाभियोग बिरुद्ध अदालत जाने तयारी

Hollywood Khabar October 07,2019 Comments

कृष्ण के सी/१०/९/१०

अमेरिकी डेमोक्र्याटिक पार्टीद्वारा सुरु गरिएको राष्ट्रपति डनल्ड ट्रम्प बिरुद्धको महाभियोग तयारी हाल धेरै चर्चाको बिषय भएको छ। राष्ट्रपति ट्रम्प बिरुद्धको तयारी गरिएको उक्त महाभियोग बिरुद्ध व्हाइटहाउसले अदालत जाने तयारी गरेको छ।

CNN मा im Acosta ले दिएको जानकारी अनुसार राष्ट्रपतिको कानुनी टोलीले सबै कुराको तयारी गरिरहेको छ। व्हाइटहाउस र डेमोक्र्याट्सबिचको यो विवाद चर्कंदै गएको समेत बताइएको छ।

व्हाइटहाउसले कंग्रेस (डेमोक्रयाटिक) लाइ दिएको पत्रमा राष्ट्रपति माथि महाभियोग लगाउन गरिने अनुसन्धानमा व्हाइटहाउसले सपोर्ट नगर्ने बताइएको छ। तर पनि डेमोक्र्याटहरुले भने सो अभियान जारी नै राखेका छन्।