-President Trump leads a teleconference with Governors at FEMA Headquarters to discuss the Coronavirus response | March 19, 2020, Pic from the White House

ट्रम्प प्रशाशनद्वारा राहतका तीन मुख्य निर्णय, ट्याक्स फाइल गर्ने म्याद जुलाई १५ सम्म

Hollywood Khabar March 19,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२०/२०

व्हाइट हाउसद्वारा आज जारि गरिएको सूचनामा व्हाइट हाउस र व्हाइट हाउस कोरोना भाइरस टास्क फोर्सद्वारा तीनवटा महत्वपूर्ण निर्णय गरिएको जनाइएको छ।

व्हाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार आज गरिएको महत्वपूर्ण निर्णयले थुप्रै ब्यबसाय र अमेरिकनहरुलाई राहत पुगेको छ।

  • ट्रेजरी डिपार्टमेण्टले २०१९ को ट्याक्स फाइल गर्ने अन्तिम दिन १५ अप्रिल २०२० लाइ १५ जुलाई २०२० सम्म सारेको छ। १५ अप्रिल पछिको यो अबधिमा गरेको फाइललाइ लाग्ने पेनाल्टी मिन्हा गरिएको छ। तर जो कसैलेले पनि तुरुन्त आफ्नो रिटर्न लिन चाहेको छ भने तत्काल फाइल गर्न भनिएको छ।
  • त्यसैगरी अध्ययनरत बिधार्थीहरुका लागि डिपार्टमेण्ट अफ इजुकेशनले तत्काल फेडरल स्टुडेण्ट लोनमा लाग्ने ब्याज ६० दिनको लागि वेब (मिन्हा) गरेको छ।
  • पछिल्लो हप्ता गरिएको ट्राभल ब्याण्डले कोरोना फैलिनबाट रोक्न केहि हद सपोर्ट गरेको छ। त्यसैले सेक्रेटरी अफ स्टेट माइक पम्पेओले अमेरिका र मेक्सिकोबीच अनावश्यक रुपमा गरिने यात्रा बन्द गर्न आपसी सहमति भएको जनाएका छन्।

त्यागैगारी अर्को ठूलो कुरा पनि आउने तरखारमा छ। व्हाइटहाउसले अमेरिकी परिवारहरुलाई दिने आर्थिक राहत प्याकेजको कंग्रेसमा अन्तिम रुप दिनको लागि छलफल हुँदैछ। अर्को राहतको कानुनमा गत बुधबार राष्ट्रपतिले हस्ताक्षर गरेका छन्।