-Tirtahraj Adhikari

विडम्बना

Hollywood Khabar May 18,2020 Comments

-तीर्थराज अधिकारी/५/१९/२०
हिमाली महिमा सुन्दा डाहा होला विचित्रको
माटो यो बुद्धको भन्दा चर्केला कान दुष्टको
प्रकृतिका नदीनाला , ताल देख्दा रमाउला
लुट्नलाई यिनै शान जाली जाल फिॅंजाउला
।१।
वनपाखा झनै राम्रा फूलका बाग सुन्दर
किन काढ्दैनथ्यो ऱ्याल सुन्दा गह्वर गौरव
रत्नैरत्न यही खानी , यही औषधिको मूल
तपस्वी ज्ञानको धाम , धर्मका मठमन्दिर
।२।
सानो भूगोल यो किन्तु इन्द्रेणी रूप उज्ज्वल
भाषाभेष सबै राम्रा शूरता वीरता बल
देख्दा , सुन्दा सबै राम्रा भित्र लोभ पलाउला
हेर्दै समयको मौका बाज आंखा घुमाउला
।३।
कला- काव्यहरू बाॅंचे , भाव साॅंचे अनन्तमा
मेटिन्नन् यिनका रंग अझ उठ्छन् उमंगमा
राजनीति कहाॅं सुन्छ यी स्वाभिमानका कुरा !
अझ उध्याउॅंदै जान्छ मुटु टुक्ऱ्याउने छुरा
!४!
सल्काई घरमा आगो उज्यालो हुन्छ , ठान्दछ
बोकेर काॅंधमा शत्रु हार्दिक मित्र मान्दछ
सलामी बैरीको गर्दै मलामी देशको हुॅंदा
सन्ततिले कहाॅं टेक्लान् ? भेट्लान् के मान- सम्पदा ?