-सान फ्रान्सिस्कोमा पहिलो पटक विमल र निशाको लाइभ लोक दोहोरी साथमा नलिना चित्रकार

सान फ्रान्सिस्कोमा पहिलो पटक विमल र निशाको लाइभ लोक दोहोरी साथमा नलिना चित्रकार

Hollywood Khabar September 28,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २९, २०२१

नर्दन क्यालिफोर्नियाको सान्ता रोजा शहरमा पहिलो पटक लाइभ लोक दोहोरी कार्यक्रम हुने भएको छ। बडादशैं २०२१ को शुभउपलक्षमा लाइन्स क्लब काष्ठमण्डप सान्ता रोजा र नेपाली कल्चर सेन्टर सान्ता रोजाको आयोजनामा लाइभ दोहोरी हुने भएको छ।

क्लाइण्ट फल्सम, सुपरियर टाउन कोलोराडोका मेयर, सिण्डी लिड्स सान्ता रोजा मेयरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लाइन्स र अन्य अतिथिहरु पनि रहने भएका छन्।

पप गायिका नलिना चित्रकारको एकल प्रस्तुति, लोक गायक बिमल डाँगी र लोक गायिका निशा सुनारको लाइभ दोहोरी साथमा अन्य प्रस्तुति रहने कुरा आयोजकहरुको रहेको छ। नापा-सोनोमा भ्यालीको विश्वो चर्चित वाइन र यति रेष्टराँबाट खशीका परिकारका साथमा स्वादिष्ट भोजनको पनि ब्यबस्था गरिएको छ।

कार्यक्रम:

अक्टुवर १०, २०२१, आइतबार, प्रवेसको लागि $२५:०० प्रतिव्यक्ति १० बर्ष मुनिना नानीहरुलाई निशुल्क

समय:४:३० देखि ८:३० सम्म

स्थान: 430 10th StSanta Rosa, CA 95401