Hollywoodkhabar advertisement

एक वकिलको लकडाउन डायरी

लेखक अधिवक्ता दिपक कुमार बिष्ट

न्यायका लागि सदा युद्धस्तरमा दिनरात लागि परिररहने एउटा वर्ग वकिल।देशभरका कानुन व्यवसायीहरु पनि आम नागरिक झै आ आफ्नो घरभित्र लकडाउनलाई पूर्ण रुपमा पालना गरेर कोरोनाको महामारीको विश्वयुद्धमा होमिएका छन्। एउटा कानुन व्यवसायी यानेकि वकिलको जीवनशैली, व्यस्तता कतिपय अवस्थामा अस्तव्यस्तता र हरपल फुर्सद छैन जस्ता शव्दावली करिब पर्यायवाची नै हुन्।

लकडाउनको अवधिमा वकिल यानेकि मेरो कुनै दौडाहा छैन् । बिहानैदेखि केहि समयको व्यायामपछि, घरमा गृहिणीलाई घरायसी काममा सहयोग पुर्याउने, केहि समय आदरणिय व्यक्तित्वहरुको जीवनी पढ्ने, टिभी र अनलाईन न्युजपोर्टलहरुमा राजनैतिक क्रियाकलापमा र महामारीका बिषयमा चासो भएकाले न्युजहरु चाख दिएर हेर्ने अनि बचेको केहि समय गार्डेनिङ्गमा बिताउने यानेकि माटोसंग खेल्ने मेरो दैनिकी हुन्।लकडाउनका यी दिनहरुमा साधारण मानिस झै वकिली दैनिकीबाट टाढा छु।

केहिदिन यता दुईबटा अध्यादेश जारी गरे पश्चात नेपाली राजनितीले एक खाले छुट्टै मोड लिएको छ । कोभिड-१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप सरकारले ल्याएको 'राजनीतिक दल सम्बन्धी' र 'संवैधानिक परिषद्सम्बन्धी' दुई अध्यादेशहरुका कारण राजनितीवृत्त गर्माएको कानुनको विध्यार्थी भएको नाताले चाख दिएर त्यस बिषयमा सुन्नु बुझुनु पनि मेरो दिनचर्याभित्र अन्तर्निहीत हुन पुग्यो ।  घरमा लकडाउनको समय पूर्ण सदुपयोग गर्ने मुडमा छु । 

लकडाउनले दैनिकी बदलेसंगै बिहान उठ्ने बेलुका सुत्ने समय गडवड भएको छ यो अवधिमा।'लकडाउनले बिहान उठ्ने र राती सुत्ने दुवै समय प्रभावित छन्। खानपानको समयनि त्यस्तै भएको छ ।बिहान चियाखाजा खाएपछि छतमा उक्लिएर थोरै व्यायाम अनि केहिवेर घाम ताप्दै बिहानको समय बित्ने गरेको छ।

म अन्यायमा परेका नागरिकहरुलाई न्याय दिलाउने एउटा अभियानमा लागेको छु। कसरी आम नागरिक जो अन्यायअत्याचारमा परेका छन् तिनलाई कसरी सहि न्याय दिलाउन सकिन्छ भनेर त्यसैसंग सम्बन्धित कानुनका किताबहरु बढीभन्दा बढी पढ्ने र त्यसैमा समय वताउने गरेको छु। अध्ययनका अलवा पेशागत जिवनमा घरपरिवारलाई यथेष्ट समयदिन नभ्याउँदा भएको आतमबोधलाई अहिले परिवारलाई समयदिएकोछु। उनीहरुको मुस्कानसंगै मुस्कुराउँछु उनीहरुको हाँसोसंगै हाँस्छु ।उनीहरुको खुशीमा रमाउँछु र उनीहरुको मनपस्नद खानामा आफुनि रमाईदिन्छु उनीहरुसंगै । अध्ययन बाहेक अनलाइनन्युजहरु युट्युवमा सन्देशमुलक फिल्महरु हेर्दै मनोरञ्जन पनि लिइरहेको छु।

मेरो दिनचर्या यतिमा सीमित हुन सक्दैन।कानुनि क्षेत्रमा एक  आशा र भरोसा लाग्दा कानुन व्यवसायी ठान्नेहरुले सर्बोच्च अदालतको फुल कोर्टले मिती २०७६ १२।०७ मा जारी गरेको परिपत्रका बारेमा र मुलुकी फौजदारी संहिता २०७४ को दफा १५५ को सुविधा लिन निवेदन दिने सम्बन्धमा फोन कलहरु आइरहन्छन् उनीहरुलाई त्यसका बारेमा जानकारी गराउँछु प्रक्रियाका बारेमा र केहि त्यो सुविधा पाउन योग्य कैदी बन्दीकालागि निवेदन तयार गर्ने अदालतमा गएर दर्ता वहस  गर्ने पनि मेरो दिनचर्यामा परेको छ । 

अध्यादेश जारी भएकैदिन तराईका दुईदल एकिकरण लगायत चारैतिरबाट आएको बिरोधका कारण अध्यादेश त फिर्ता भो । राष्ट्रपतिद्वारा अध्यादेश खारेज त भयो । तर खारेज भएका अध्यादेशले खारेज गरेका ऐनका साबिक व्यवस्थाहरूलाई पुनःजीवित गर्ने अध्यादेशचाहिँ जारी भएन । अब त्यो खालीपनको पूर्तिचाहिँ कसरी हुने हो कुन्नि ?  संविधानमा धारा ११४ (२), ३०४ पनि छ र कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४, ५, ६ र ७ पनि छन् भन्ने कुरा ! बिर्सिएसी कसको के लाग्छ । अध्यादेश खारेज वा फिर्ता लिएपछि त्यसले स‌शोधन गरेका दुवै ऐेनका व्यवस्थाहरु स्वतःजाग्दैनन । अध्यादेशले ऐनमा रहेको व्यवस्था नहटाई कुनै कानुनी व्यवस्था थपेको मात्र भए शायद अध्यादेश खारेजीले कुनै असर पर्ने थिएन होला । तर अध्यादेशले ऐेनमा संशोधन गरेको वा झिकिएकोमा अध्यादेशको खारेजीले पुराना दफा पूर्ववत कायम भएको मान्न सकिदैन । तसर्थ यसका लागि केही नेपाल ऐेनका व्यवस्था जगाउने अध्यादेश ल्याउनु कानून सम्मत र कानून व्याख्या सम्बन्धी ऐेन २०१० अनुकूल हुन्छ अन्यथा कानूनी रिक्तता हुन्छ । भन्ने सामाजिक सञ्जालमा भेटिएका केहि ज्ञानवर्धक टिप्सले पनि दैनिकीलाई रौनक बनाएको तथ्य भुल्नु हुदैन भन्ने लाग्छ । अन्तत कोरोनाको महामारिलाई परास्त गर्दै गर्दा एउटा वकिलले समाजमा खेल्नुपर्ने भुमिका पनि निर्वाह गर्न पछि नपरेको अवगत गराउँदै लकडाउनका अवका दिन न्यायक्षेत्रमा न्यायका खातिर लागिरहने तर लकडाउनको पूर्ण पालना गर्दै कोरोनाको महामारीलाई परास्त गरिने कुरामा दृढ बिश्वास राख्दछु ।
 

ADVERTISEMENT-----